
पथरी, ३ मङ्सिर : नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताउनुभयो । बङ्गलादेश र काठमाडाँैलाई जोड्न सकिने यो प्रदेशलाई पुलका रूपमा विकास गर्न सक्ने धारणा राख्नुभयो