– टंक कुँवर, धनगढी –
कृष्णपुर नगरपालिका कञ्चनपुरले हात्ती पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । गत असोज २४ र २५ गते हात्तीले कृष्णपुर नगरपालिकाका तीन वटा वडामा क्षति पु¥याए पछि राहत उपलब्ध गराएको हो ।
दुधुवा नेशनल पार्कबाट करीब २२÷२४ को संख्यामा आएका हात्तीले कृष्णपुर नगरपालिकाका वडा नंं १,२ र ३ का ७१ जनाका धान बाली नष्ट र घरमा क्षति पु¥याएको थियो ।
वडाबासीले कृष्णपुर नगरपालिकालाई राहतका लागि आह्वान गरेपछि तीनवटै वडाका ७१ घर परिवारलाई करीब २ लाख ८४ हजार राहत उपलब्ध गराएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।
हात्तीले कृष्णपुर नगरपालिका वडा नंं १ दोमिल्लामा ५ जना, वडा नं. २ बंकमा ५ जना र वडा नं. ३ कटानमा ६१ जनाको धानबाली नष्ट गरेको थियो भने केही ब्यक्तिका घरमा समेत क्षति पु¥याएको पीडित कृष्ण बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !