काठमाडौं । कानुन त सबैलाई बराबरी लाग्नुपर्ने हो । तर, कोही दशैंको फूलपातीदेखि भाउन्निएर विदेश गएकोमा उतै छन् । अर्कोले धमाधम कानुन मिचेर, छलेर पैसा ओसारेको ओसा¥यै † यो किस्सा उनै टुप्पीवाल नवधनाढ्य अजेयराज सुमार्गीको हो । दशैंदेखि नै पैसाको तनाव बोकेर बेलायततिर बरालिएका छन् । यहाँबाट पैसा लान खोजेकोमा, साढे तीन महिनादेखि राष्ट्रबैंकले रोकिदिएको छ । उताबाट थप ९० मिलियन डलर (करिव १० अर्ब) ल्याउन खोजेका छन् । साइप्रस, जहाँ ट्याक्स फ्रि छ ।

मुक्तिश्री सिमेन्ट र हेलो मोबाइलमा लगानी गर्ने नाममा त्यो पैसा त्यहींबाट ल्याउन चाहेका हुन् । ल्याउन त पाउलान्, स्वीकृति लिएर । तर, लान गाह्रो छ । लाजिम्पाट, जहाँ पहिला प्रचण्डको आवास थियो । बुटिक होटल खोल्ने योजना बनाइएकोमा अब त्यो बेच्ने कि राख्ने भन्ने दोधार छ । उनी १४ अर्ब सम्पत्तिको मालिक भइसके । त्यसभित्र बुटिक होटल पर्दैन । किनभने, त्यो अमेरिका बस्ने जेठी सासू शिशु अर्यालको नाममा छ । बानेश्वर, रविभवन, विशालनगर, मीनभवनमा पनि आकर्षक लोकेशनमा जमिन जोडेका छन् ।

तीनकुनेको कान्तिपुर अगाडि ६ रोपनी जग्गा छ । नयाँ बानेश्वर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुखैमा मुक्ति टावर डेढ रोपनी जमिनमा छ । नापी विभागअगाडि अल इन वन भन्ने मार्ट रहेको, पहिला शंकर चिम भएको घर पनि उनकै हो । रवीभवनमा डेढ रोपनी जमिन छ । कर नै वर्षमा आठ दश करोड तिर्छन् । हिमालयन अन टप भन्ने पानी उनको हो । महालक्ष्मी विकास बैंक र महालक्ष्मी इन्स्योरेन्स कम्पनी पनि उनको नाममा छ । सुमार्गीलाई यस्तो दुःख छ । तर, अर्बपति विनोद चौधरीले कसरी विदेश पैसा लगिरहेका छन् त ? उनले १० लाख डलरको अधिकृत पुँजी देखाएर सिजी कम्युनिकेशन कम्पनी खोले । आठ लाखको शेयर अमेरिकास्थित छोराको नामको कम्पनीलाई बेच्ने भने । उता बेच्ने चक्कर चलाएर ६ महिनापछि ८० प्रतिशत शेयर किनी सत्प्रतिशत आफ्नो बनाउने नाममा १४ लाख डलर फेरि विदेश पठाए । छोरा सिंगापुर बस्ने एनआरएन हुन् ।

पर्दा पछाडिबाट उनी मुख्य सञ्चालक रहेको नबिल बैंकमा पनि त्यस्तै छ । त्यसमा बंगलादेशी लगानीकर्ता साझेदारका रुपमा छन् । ढाकामा इन्भेस्टमेन्ट कम्पनी खोल्ने, यता त्यसको नाममा शेयर हाल्ने, बेच्ने । कसैले बैंकमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । नबिल बैंकसँग झण्डै आठ अर्बको पुँजी छ । तर, त्यसमा झण्डै ६० प्रतिशत लगानी यो वा त्यो नाममा विनोद चौधरीले आफ्नो पकडमा राखेका छन् । झट्ट हेर्दा बंगालीको नाममा देखिन्छ, तर त्यो विनोदकै पैसा हो । यसरी व्यापारीले कसरी पैसा खेलाउँछन्, राजस्व छल्छन् भन्ने बुझ्न सकिन्छ । यस्तो भएपछि राष्ट्रबैंकले पुर्जी त काट्छ, फेरि सेलाउँछ । किनभने, त्यसभित्र राजनीतिक र कर्मचारीतन्त्रभित्रको तत्व पनि सल्बलाउने नै भयो । त्यसमाथि विनोद आफैँ देशका विधायक जो छन् ।

प्रतिक्रिया दिनुहोस !