– टंक कुवँर –
धनगढी । पुनर्वास नगरपालिका कञ्चनपुरले गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । नगरपालिकाले गुणस्तरीय शिक्षालाई व्यवस्थित गर्नका लागि विद्युतीय हाजिरी जडान गर्नुका साथै गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउनका लागि लागि परेको पुनर्बास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले बताए ।
गुणस्तीय शिक्षाका लागि नगरपालिकाले गरेको पुर्नबास जनता मावि त्रिभुवनबस्ती छ का प्रधानाध्यापक मानबहादुर तामांगले श्रहानीय काम भएको बताए ।
नगरपालिकाले विद्यालयको व्यवस्थापन र कर्मचारीको दैनिक कामलाई व्यवसिथत गर्नका लागि इ हाजिरी जडान गरिनु राम्रो काम भएको बताउँदै उनले भने अब कर्मचारी र विद्यार्थीको समयलाई व्यवस्थित गर्न सहज हुने बताए ।
त्यसैगरी श्रोत व्यक्ति शेरसिंह विष्टले विद्यालयको प्रगति विद्यार्थीिको समय सुधार गर्नका लागि र गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउनका लागि यो सेवाले मद्दत पुर्याउने बताए ।
पुनर्बास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले ई इ हाजिरी जडानलाई उद्घाटन गर्दै भने विद्यार्थी र शिक्षकको समयलाई ध्यानमा राख्दै र गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले यो कामको थालनी गरेको बताए ।