जिरी, मङ्सिर – दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ ।

फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्न सफल भएको छ । खेलका विजेता टोलीलाई खानेपानीमन्त्री बीना मगरले नगद तथा ट्रफी प्रदान गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस !