काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार दिउसो १ बजेतिर छुरी हानाहान हुँदा अन्दाजी २० वर्षीय विकी लिम्बुको ज्यान गएको छ । छुरी नै लागेर अर्का अन्दाजी २० वर्षकै अनिल श्रेष्ठ घाइते भएका छन । लिम्बुको बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अायुक्तको कार्यालयका प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन । उनले घटना किन घट्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइन ।

यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए । त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !