कपिलवस्तु । युवा नेता दिपेन्द्र चौधरीको हत्याको विरोधमा शनिवार दिनभरि कपिलवस्तु तनावग्रस्त बनेको छ । मृतक चौधरीका आफन्तजनले हत्यारालाई कानुनी कारबहाी तथा क्षतिपूर्तिको माग गर्दै हत्याका आरोपित फरार बन्टी चौधरीलगायतलाई पक्राउ गर्न माग गरेका छन् ।

फरार बन्टीको घरमा खानतलाशीको क्रममा पाँचथान एअरगन अवैध हतियार प्रहरीले फेला पारेपछि पीडित पक्षले उनको घरमा आगजनी समेत गरेका छन् । आगजनीबाट एकथान टयाक्टर, एकथान धान काटने कम्पायन मेसिन, एकथान मोटरसाईकललगायत खाद्यान सामग्री जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता डीएसपी रवि रावलले जानकारी दिए ।

स्थिति नियन्त्रण गर्ने क्रममा ५० राउण्ड अश्रुग्यास, १२ राउण्ड हवाई फायर र लाठी चार्ज गर्दा १४ बर्षीय बालक शक्तिराम हरिजन, सशस्त्र प्रहरी निरीक्षक गोबिन्द श्रेष्ठसहित पाँच सर्बसाधारण र तीन प्रहरी घाईते भएको तराई मानव अधिकार सञ्जाल थर्ड एलायन्सका मानव अधिकारकर्मी शैलेन्द्र हरिजनले बताए ।

प्रतिक्रिया दिनुहोस !