काठमाडौं । लगातार १२६ घण्टा शास्त्रीय नृत्य गरेर नेपालकी एक चेलीले विश्व रेकर्ड बनाएकी छिन् । महालक्ष्मी नगरपालिका–९ धनकुटा निवासी बन्दना नेपालले नाचेर विश्व रेकर्ड बनाएकी हुन् ।

लगातार १२६ घन्टा चाचेपछि उले गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम दर्ज गरेकी छिन् । शुक्रबार बिहान ७ बजेदेखि बुधबार १२ बजेर १६ मिनेटसम्म निरन्तर नृत्य गरेकी थिइन । गिनिज बुक अफ वल्र्डका प्रतिनिधिहरुले प्रत्येक घण्टामा ५ मिनेट पानी खाना र शौचालय जाने सुविधा दिएका थिए । नृत्य गर्दा गर्दै उनले खाना पनि खाने गरी थिइन । १७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुल कक्षा १२ मा अध्यापन गर्दैछिन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनले नृत्य गरेकी हुन् ।

उनी बुधवार साँझ ५ बजेसम्म नृत्य गर्ने योजना बनाएकी छिन् । विश्वभरका ब्यक्तिले नाचेर बनाएको रेकर्डलाई उनले तोडेकी छिन् । विश्व रेकर्ड बनाएकी बन्दनालाई बधाई दिन नेकपा वरिष्ठ नेता माधव नेपाल बत्तीसपुतलीको बिग पार्टी प्यालेस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !