काठमाडौं । राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य सुरूङ मार्ग बनाइने भएको छ । नेकपा युवा नेता एवम् पुर्व मन्त्री महेश बस्नेतको अथक प्रयासमा सडक बिभागले निर्माण प्रकृया थालेको हो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चालु जापान भ्रमणको एउटा महत्वपुर्ण एजेण्डा कोटेश्वोर सुरुङ मार्ग र सुर्यबिनयक–धुलिखेल सडक छ लेनको निर्माण गर्न हस्ताक्षर हुने मन्त्रालय स्रोतले जनाएको छ ।
सोहि अनुसार सडक बिभागको बैदेशिक सहायता महाशाखामा भएको छलफलमा जपानी प्रतिनिधिहरुले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्ने बिषयमा सहमती भएको छ । सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिए ।
त्यस्तै अरनिको राजमार्गको कोटेश्वर सुर्यबिनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल लोकन्थलि र राधे राधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडिबुटिको कार्यालय देखि ट्ंक प्रासाद आचार्यको सालिक सम्म र ठिमी क्षेयारोग हस्पिटल एरियामा सर्भिस ट्र्याक निर्माण गर्ने, ५ ठाउँमा सडक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमीलगायतका ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने र निर्मणाधिन राधे राधेको हनुमन्ते पुल र लोकन्थलिको मनोहरा पुल निर्माणलाई तिब्रता दिने सहमति पनि भएको बताइएको छ ।
छलफलमा सांसद बस्नेत, उप महानिर्देसक संजय श्रेष्ठ, कोटेश्वोर सिन्धुली सडकको डिई राकेश महर्जनलगायको उपस्थिति रहेको थियो । उपमहानिर्देषक श्रेष्ठका अनुसार सुरूङ मार्ग जडिबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ ।