ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली सुन देखाई लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी हवल्दारद्धय शालिकराम नेपाली र मोहनबहादुर बमको मुख्य योजनामा नक्कली सुन देखाई लुटपाट गर्ने समूहलाई ललितपुर प्रहरीले ३७ लाख ६५ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए । उनीहरुलाई सञ्जयकुमार तिरुवा र सुमन नाम गरेका व्यक्तिले साथ दिएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीको सुद्दिकरण अभियान अन्तर्गत काम गरिरहेको बताउँदै एसएसपी धानुकले गलत गर्ने प्रहरीलाई कुनै हालतमा नछाड्ने पनि बताए ।

प्रहरीको भेषमा लुटपाट मच्चाउँदै आएका बम र नेपालीले नै अन्य व्यक्तिहरुलाई प्रयोग गरेर काठमाडौं मैतीदेवीका एक सुन व्यापारीसँग भएको ४९ लाख ४७ हजार लुटेका थिए । काठमाडौं मैतीदेवीस्थित बुद्ध ज्वेलरी वर्कशप प्रा.लि.का सञ्चालक बुद्ध विश्वकर्मालाई तिहार पछि पटक–पटक फोन गरी थापाको समूहले विल सहितको सुन छ, चाहिएमा दिन सक्छौ भनी बालाजु बसन्तनगरस्थित सुर्यविनायक गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा बोलाएर लुटपाट गरेका थिए । बम बालाजु बृत्तमा कार्यरत प्रहरी हवल्दार हुन् भने नेपाली ललितपुर प्रहरीले नै शुरु गरेको सेफ्टिी पिनमा कार्यरत थिए । ललितपुर प्रहरीले सार्वजनिक सवारी साधनमा हुने आपराधिक गातिविधिहरुलाई रोक्न सिभिलमा प्रहरी खटाउँदै आएको छ ।

उक्त समूहले मंसिर ११ गते उक्त गेष्ट हाउसमा दुईवटा कोठा बुक गरेर एउटामा कारोबार गर्ने र अर्को कोठामा अन्य व्यक्तिहरुलाई राखेर रकम लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । थापाको योजना अनुसार दिनेश दर्नाल र सुमनले सुन किन्नका लागि भन्दै बोलाएका बुद्ध ज्वेलरीका एक व्यक्तिलाई गेष्ट हाउस बाहिर भेटी माथि गएर काम गरौं भन्दै कोठामा लगेका थिए । त्यस अघि नै दिनेश र सुमनले अर्को कोठामा रकम लुट्नका लागि ओपिराम सुनार, शिव कुमाल र मोहनबहादुर बमलाई राखेको पनि अनुसन्धानमा खुलेको छ ।

उनीहरुले रकम लुटेर भाग्नका लागि गेष्ट हाउस बाहिर बा.१०च. ७९९२ नम्बरको टाटा डिआई पिकअप गाडी र भे.८प.६७४५ नम्बरको मोटरसाइकल पनि चालक सहित तयारी अवस्थामा राखेका थिए । कारोबार गर्नका लागि कोठामा पुगेर सुमन र दिनेशले पैसा कति छ ? गनौ अनिमात्र सुन ल्याउँछौं भनेर लगभग ४२ लाख रकम गनेपछि दिनेश भने दाईसँग सुन छ भन्दै कोठाबाट बाहिरिएका थिए । बाहिर निस्केका दिनेशले उक्त कोठामा बाहिरबाटै चुक्कुल लगाए र अर्को कोठामा रहेका साथीहरुलाई मान्छे आईसक्यो भन्दै बोलाएर लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

रकम लुट्नका लागि भनेर बसेका तीन जनमध्ये शिब कुमाल र मोहनबहादुर बमले प्रहरीकै पोशाक लगाई बाहिरबाट अर्को ज्याकेट लगाएका थिए । कुमालले पनि बमले उपलब्ध गराएको प्रहरीकै पोशाक लगाएका थिए ।

प्रहरीको पोशाकमै भित्र छिरेका बम र कुमालले सबैलाई बस भनी धम्क्याएको र शालिकराम नेपालीसहित गाडी र मोटरसाइकलमा बसेका दुई जना र त्यहि रहेका सुनम, र दर्नाल कुटपीट गरी रकम लिएर आएका ज्वेलर्सका प्रतिनिधिलाई भगाएपछि झोलामा गन्न बाँकी रहेको रकम बोकेर ओपिराम सुनार लिई भागेको र गनेर सिरकभित्र लुकाई राखेको रकम शिव कुमालले ज्याकेटमा पोको पारी गेष्ट हाउसबाट बाहिरिएका थिए ।

त्यसपछि रकम बोकेका कुमाल र बम उनकै कोठामा गई तीन लाख रुपैयाँ त्यहि राखेर कुमाललाई भने गोपाल विकले चलाएको सोहि पिकअप गाडी सम्म पु¥याएको पनि अनुसन्धानमा खुलेको छ । बम बाहेक अन्य व्यक्तिहरु राती आठ बजेतिर बल्खुस्थिल रोयल गेष्ट हाउसमा आई नेपालीले सुमन र दिनेशलाई जनही एक लाख ५० हजार, सुनारसहित अन्य दुईलाई एक लाख र कुमाललाई काम गरेवापत भन्दै ५० हजार र गाडी भाडा ५० हजार दिएपछि बाँकी रकम भने गोपाल विकले राखेका थिए ।

त्यसलगत्तै कुमाल आप्mनो घर दाङ जान भनी उनका साथीहरुले गाडी खोजीरहेको अवस्थामा प्रहरीलाई शंका लागि खानतलासी गर्दा प्रहरीले नगदसहित घटनमा संलग्न सवारी साधन, सुन जस्तै देखिने धातु, नेपालीले उनको भाईमार्पmत ड्राइभर गोपाललाई दिनु भनि दिएको हत्कडी, सुन जोख्न प्रयोग हुने इलेक्ट्रोनिक मेसिन र सुन काट्न प्रयोग हुने कैंची वरामद गरेको थियो ।

सोही घटनाको अनुसन्धान गर्दै जाँदा भोलिपल्ट बालाजु बृत्तमा कार्यरत प्रहरी हवल्दार बम र उनले घरमा लुकाएको तीन लाख सिद्धार्थ बैंकमा जम्मा गरेको भौचर फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी धानुकले बताए ।

यहि समूहले कार्तिक १३ गते नेपालगञ्जमा यस्तै प्रकृतिको रकम लुट्ने योजना बनाएको तर, सफल नभएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । त्यस बेला नेपाली नेपालगञ्ज गएका थिएनन् भने बम प्लेनमा गएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस !