काठमाडौं । बोलीचालीमा सरकारी कर्मचारीबीच एउटा शब्द प्रचलित छ– हाटा। हाटा अर्थात् हाजिर गरेर टाप कस्ने। काठमाडौं महानगरमा ८० प्रतिशत शिक्षक हाटा पाइएको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामा अनुपस्थित पाइए। महानगरपालिकाभित्रका केही सामुदायिक विद्यिालयमा हाजिर गरे पनि शिक्षकले विद्यार्थी नपढाएको पाइयो।

विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदासमेत पूरा समय कक्षामा नबसको भेटियो। शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए। विभागले आधा दर्जनभन्दा बढी विद्यालयमा अनुगमन गरेको थियो। ती विद्यालयमा २३ शिक्षक अनुपस्थित पाइए। अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस !