नेपालमै गर्न सकिन्छ यी अंग दान

काठमाडौं । मृत्युपछि जलाएर या गाडेर पार्थिव शरीरको अन्त्येष्टि गरिन्छ। बाँचुन्जेल शरीरलाई सक्रिय राख्ने महत्त्पूर्ण अंग पनि नष्ट हुन्छन्।

तर, कुनै अंग बिग्रिएर जिउँदै मरेतुल्य बन्नुपरेकाहरुलाई मृत्युपछि नष्ट गरिने व्यक्तिको अंग उपयोगी हुन्छ भन्ने कमैलाई हेक्का हुन्छ। जस्तैः मृत्यु भइसकेका व्यक्तिका आँखाको नानी निकालेर आँखाको ज्योति गुमाएकाहरुमा प्रत्यारोपण गर्न सकिन्छ।

आँखा, मिर्गौला, छाला, बोनम्यारोको प्रत्यारोपण नेपालमै सम्भव छ। देशका केही चर्चित व्यक्तिले अंगदान गरिसकेका छन्। मृत शरीरबाट छाला, आँखा, मिर्गौला, फोक्सो, प्याङक्रियाज, मुटु, कलेजो र सानो आन्द्रा दान गर्न सकिन्छ।

तर, मिर्गौला, प्याङक्रियाज, फोक्सो, कलेजो र सानो आन्द्रा भने ब्रेनडेथ भएकाहरुबाट मात्र प्रत्यारोपण गर्न सकिने समाचार नयाँ पत्रिका दैनिकमा छ।


सम्बन्धित शिषर्कहरु