चितवन । नेपालको सात प्रदेशमा कम्तीमा १ एक वटा आंगिक कृषि तथा वन विज्ञान क्याम्पस खोले पछि मात्र आवश्यक परे मात्र निजी कलेजलाई यी विषय अध्ययापन गर्नको लागि सम्वन्धन दिनुपर्ने अनेरास्ववियुका केन्द्रिय कार्यबहाक अध्यक्ष रश्मी आचार्यले बताउनु भएको छ । शनिवार चितवनको नारायणगढमा एएफयु अन्र्तगतका संयुक्त विद्यार्थी संध संगठनले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै आचार्यले यस्तो बताउनु भएको हो ।
उहाँले कृषि तथा वन विज्ञान अध्ययन गर्ने विद्यार्थीको सम्पुर्ण मागमा एक्यवद्धता जनाउदै कृषि प्रधान देशमा आवश्यक जनशक्ति कति चाहिने हो त्यस्को एकिन गरेर अध्ययन अनुमति दिनु पर्ने बताउनु भयो । साथै उहाँले विद्यार्थीहरुको आन्दोलन समेत बल भन्दा पनि नितिगत रुपमा जानु पर्ने तर्फ जोड दिनु भएको थियो ।
नारायणगढको पुल्चोकवाट शुरु भएको विरोध र्याली चोविसकोठी हुदै गेष्ट हाउस चौरमा पुगी कोण सभामा परिणत भएको थियो । विरोध कार्यक्रममा अखिल छैठोका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, अनेरास्ववियु क्रान्त्रीकारीका महासचिव उत्तम अधिकारी , नेविसंधका केन्द्रिय सहमन्त्री प्रेमराज जोशी , अनेरास्ववियु क्रान्तीकारी विप्लव निकटका प्रदेश ईन्चार्ज बद्रीले सम्बोधन गर्नु भएको थियो । विश्वविद्यालयले निजी कलेजमा भर्ना लिनको लागि अनुमति दिएका कारण विरोध भएको थियो । शनिवार देखि नै निजी कलेजलाई दिएको सम्वन्धनको विरोधमा हस्ताक्षर समेत संकलन गरिएको छ ।