चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् समाजसेवी रामलाल भुषाल र उहाँका छोरा अमृत भुषालले आफ्नो जन्मदिन विपन्न वर्गका विद्र्यीहरुसँगै केक काटेर मनाउनुभएको छ ।
लक्ष्मी पोल्ट्री फर्म तथा भूषाल सप्लायर्स चितवनका सञ्चालक समेत रहनुभएका रामलाल र उहाँका छोरा अमृत भुषालले पश्चिम चितवनको भरतपुर २५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न १ सय ४ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्वीटर तथा शैक्षिक सामाग्री हस्तान्तरण गरी आफ्नो जन्मदिन मनाउनुभएको हो ।

 

पछिल्लो समय पार्टी प्यालेस तथा होटल बारमा गएर जन्मदिवस मनाइ लाखौँ रकम खर्च गर्ने परिपाटीका विरुद्ध भुषालले आफ्नो जन्मदिनमा उक्त विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्वटीर तथा दिवा भोजन समेत गराउनुभएको छ ।
बुवा, छोराको जन्मदिन एकसाथ परेकोले आफुहरुले केहि नमुना सन्देश समाजलाई दिने उद्देश्यले समेत समाजिक उत्तरदायित्व अन्र्तगत न्यानो कपडा वितरण गरेको बताउनुभयो ।
सो अवसरमा न्यानो कपडा वितरण कार्यक्रममलाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ ख का प्रदेश साँसद रामलाल महतोले जन्मदिन मनाउदाँ सामाजिक कार्यको थालिनी गर्नु सकारात्मक सेन्देश भएको बताउनुभयो ।
“जन्मदिन मनाउने राम्रो परिपार्टी हाम्रो समाजमा पछिल्लो समयमा भित्रिएको हो उनले भने, यसमा आर्थिक हैसियत हुनेहरुले तडकभडक नगरी सामाजिक काम गर्नु राम्रो हो । ”
साँसद महत्तोले समाजसेवी भुषालले गर्नुभएको कार्य समाजमा उदाहरणीय भएको बताउँदै यसैगरी हरेक नेपालीले समाजप्रतिको उत्तरदायित्व वोध गर्ने हो भने देश विकासमा खासै समय नलाग्ने बताउनुभयो ।
साथै उहाँले अहिले देश विकासको गतीमा अघि बढेको भन्दै नीजि, सहकारी र सरकारी मिलेर देशमा सैद्धान्तिक भन्दापनि प्राविधिक शिक्षाको विकासमा जोड दिँदै उद्योग कलकारखाना स्थापना गर्नुपर्नेमामा जोड दिनुभयो ।
राष्ट्रिय आधाभूत विद्यालय बयरघारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रचार्य केशवलाल काफ्लेले दलित वस्तीमा रहेको यस विद्यालयमा अझै सहयोगको खाँचो रहेको बताउदै भुषाल परिवारले न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा भरतपुर वडा ६ का अध्यक्ष हरिविलास अधिकारी र वडा २५ का अध्यक्ष विजयकुमार भुजेल लगायतले भुषाल परिवारले जन्मदिनका अवसरमा थालेको अभियानको सुरुवात सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसैविच आज नै भुषाल परिवारले पूर्वी चितवनको रत्ननगरमा अवस्थित गामवेशी चेपाङ्ग संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई एक हप्तालाई पुग्ने खाद्यान्न सहयोगसगैँ बेलुकाको एक छाक खानासगैँ खानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !