चितवन । बोस्टर्न इन्टरनेशनल कलेज भरतपुरको शनिबार अभिभावकहरुसँग भेटघाट कार्यक्रम राखेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गतिविधि, उपलब्धी, अभिभावकको अपेक्षा र प्रतिक्रियाबारे अन्तरक्रिया गरिएको थियो ।

वेटर प्यारेन्टीङ कार्यक्रम अन्तर्गत अभिभावकहरुसँग छलफल गरिएको कलेजका अध्यक्ष आनन्द चन्दले बताए । आफ्ना बाबुनानीको शैक्षिक उपलब्धि, कलेजेको वातावरणबारे अभिभावकको जिज्ञासा रहने र कलेजले पनि आफ्ना विद्यार्थीहरु घरमा के गर्छन भनी जिज्ञासा रहने हुँदा उक्त जिज्ञासाहरु मेटाउनका लागि अभिभावकसँग भेटघाट राखिएको अध्यक्ष चन्दले बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा स्रोत व्यक्ति जोसेफ वी निरौलाले अभिभावकले वालकप्रति गर्नु पर्ने व्यवहारका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्रोत व्यक्तिका रुपमा हिरो कर्पोरेशन इन्डियाका उप प्रमुख जोगेन्द्र सिंह रहेका थिए ।

कार्यक्रममा बोल्दै अभिभावक निर्मला पण्डीतले वोस्टर्न कलेजको राम्रो व्यवस्थापनका कारण अभिभावकहरुको रोजाइ बन्न सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस !