चितवन । नारायणगढमा सटर किन्दा सलामी लिने गरेको कुरा नौलो होईन । तर वजारमा व्यावसाय गर्दै आएका व्यवसायीलाई कुनै सुचना नदिई घरवेटीले व्यवसाय गर्न नदिनु कतिको जायज हो । यस्तौ समस्यामा परेका छन् नारायणगढका एक व्यावसायी ।

विगत २१ वर्ष देखि सोहि स्थानमा व्यवसाय गर्दै आएको खरेल भाँडापसल गत मंगलवार देखि वन्द अबस्थामा रहेको छ । व्यवसाय गर्दै आएको घर पुराना घरवेटीले वेचे पछि नयाँ घरवेटी आए संगै खरेल भाडाँ पसल नियमीत संञ्चालनमा आएको छैन ।

पुराना घरधनि संग २०८२ साल सम्मको सम्झौता गरेका उनिहरुलाई नयाँ घर धनि आए संगै कहिले सटरमा जाने गेटमा ताला लाईदिने, कहिले लाईन काट्दीने गर्दै व्यवसायनै वन्द गरिदिएको व्यवसायी रामप्रसाद सापकोटाले बताउनु भयो । घर वेच विखन भए पछि आँफुहरुलाई व्यवसाय गर्न असहज वनाउदै आएको उहाँको गुनासो रहेको छ ।

घर किनि सके पछि घर धनि लक्की ज्वेलर्स ईण्डष्ट्रीज प्रालिले एक महिनामा घर छाड्न भनेका थिए । त्यस पछि विभिन्न चरणहरुमा छलफल भए पनि कति समयमा घर खालिगर्ने निश्चित भएको थिएन । जसका कारण व्यवसाय गर्दै आएका सापकोटा आफ्नो व्यवसाय धरासाहि वनाउने खेलमा लागेको बताउनु हुन्छ । बिभिन्न चरणमा छलफल हुँदैगर्दा चाडपर्व लागे पछि कुनै छलफल नभएको उनीहरुको गुनासो रहेको छ ।

बिना कारण घर धनिले आँफुलाई प्रशासनको आडमा धम्काउने र प्रहरी कार्यालय लैजाने काम गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “घर छाड्नका लागि निश्चित समय दिईन्छ । त्यो विषयमा छलफल नभई एकैपटक घर भत्काउने र व्यवसाय गर्दै आएको ठाउँमा ड्रिल गरेर टिनले भित्र जाने वाटो वन्द गर्ने लगाएतका काम गरीएको छ ।”

सो घरमा आँफुहरु संग अन्य व्यवसायीहरु पनि रहेको थिए । अन्यलाई घर मर्मत पछि पुन व्यवसाय गर्न दिने भन्दै हटाए पनि खरेल भाण्डा पसल एण्ड गिफ्ट सेन्टरलाई भने कुनै किसिमको सहमति नगिर एकै पटक हटाउन लागिएको पिडित व्यवसायीको गुनासो छ । आँफुहरु आफ्नो समस्याका बिषयमा उद्योग वाणिज्य संघ र घरबाहल उपभोक्त मञ्चमा जाँदा पनि न्याए नपाएको सापकोटाले बताउनु भयो ।

भाँडाका सामान किन्नका लागि आएका ग्राहक पसल वन्द देखे पछि खालिहात फर्किने गरेका छन् । व्यवसायको हिसावले हेर्नेहो भने एउटा निश्चित समय दिईनु पर्छ । तर व्यवसाय गर्दै आएका व्याक्तिहरुको व्यवसायनै कव्जा गर्न नमिल्ने उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले वताउनु भयो । व्यावसायीले न्याय पाउनु पर्ने र घरवेटीले पनि छलफलमार्फत समस्याको समाधान खोज्नु पर्ने उहाँको भनाई छ ।

व्यवसायी र घरधनि बिच पटक पटक छलफ गर्दा समेत निचोडमा पुग्न नसकेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष शहनलाल प्रधानले वताउनु भयो । घरवेटीले पनि निश्चित समय दिनु पर्ने र व्यवसायी पनि तोकीएको समयमा छाड्नु पर्ने बताउनु भयो ।

यस विषयमा लक्की ज्वेलर्स ईण्डष्ट्रीज प्रा.ली लाई समय उपलव्ध गराउन भाँडावर्तन तथा गिफ्ट व्यवसायी संघ लाई आग्रह समेत गरेको छ । संघका अध्यक्ष सुभाषकुमार श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा सामान व्यवस्थापन र आवश्यक ठाउँको खोजिका लागि पनि न्यूनतम तीन वर्ष आबश्यक पर्ने भन्दै सो समय सम्म समय उपलव्ध गराईदिन आग्रह गरीएको छ । संघले उद्योग वाणीज्य संघ चितवनलाई समेत तीन वर्षको समय मिलाउनका लागि पहल गरिदिन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !