काठमाडौं  ।  आज अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ।  विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ।

नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। नेपालमा श्री ३ चन्द्र शमसेर राणाले विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका थिए।  विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ।

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन्। यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस !