
काठमाडौं, मंसिर १७ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको ९ महिना बितिसक्यो तर अझै ४०० यातायात समितिहरू भने अझै कम्पनीमा दर्ता भएर पञ्जीकरण भएका छैनन्।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले मंसिर मसान्तसम्म कम्पनीमा दर्ता भएर पञ्जीकरणको समयसिमा तोकेको थियो।
समय सकिन दुई साता मात्रै बाँकी रहदा धेरै समिति अझै दर्ता भएका छैनन् नागरिक दैनिक लेख्छ। विभागका अनुसार अहिलेसम्म १५ सय कम्पनी दर्ता भएर पञजीकृत भएका छन्। विभागले समयमै दर्ता नहुने समितिको रूटपर्मिट खारेज हुने जनाएको छ।
गत बैशाखमा गृहमन्त्री रामबहादुर थापा ुबादलुले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका यातायात संघसंस्थाहरूको दर्ता तथा नविकरण गर्ने निर्णय गरे पनि सोही अनुसार विभागले केही तयारी गरेको भने देखिएको छैन।