चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार संगठनभित्र केहि आलुले गर्दा पत्रकारिता बदनाम बनेको बताएका छन् ।  नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभाको उद्घघाटन गर्दै पत्रकारीताको बदनाम गर्नेलाई आलुको संज्ञा दिएका हुन् ।
एक दुई जना खराब पत्रकारहरुकै कारण सबै पत्रकारहरुलाई एकै नजरबाट हेर्न नहुने जिकिर समेत गरेका छन् ।  “अब शुद्धीकरणमार्फत आलु पत्रकारहरु फल्नुपर्छ उनले भने, आवाजविहीनहरुको आवाज बोल्न, जनताको आवाज बोल्न कहीँकतै चुक्नुहुँदैन । ”
अध्यक्ष आचार्यले पे्रस स्वतन्त्रताको मुद्दामा दायाँबायाँ हुन नहुने भन्दै मिडिया सार्वजनिक सेवाको क्षेत्र भएकाले जनताको बोली बोल्नुपर्ने धारण राखेका थिए ।  श्रमजीवी पत्रकारको शोषण हुने, श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक नपाउने त्यस्ता मिडिया हाउस चलाउनेहरुका सदस्यता खारेज गर्न पनि केन्द्र तयार रहेको उनको भनाइ थियो ।
मन्त्रिपरिषदबाट निर्णय भएका सूचना समयमै नदिँदा सरकारलाई नै घाटा भएको उहाँको तर्क थियो । उहाँले सरकारलाई विद्युतीय कारोवार ऐन खारेज गर्न पनि आग्रह गर्नुभएको छ ।  कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले स्थानीय मिडिया हाउसलाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरिरहेको बताईन् । पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरमा मिडिया एकेडेमी बनाउनुपर्छ भनेर उठाइरहेको विषयलाई समर्थन गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुरमा मिडिया एकेडेमी बनाउनुपर्छ भनेर हामीले नीति तथा कार्यक्रममा समावेश गरेका छौँ ।’ महानगर प्रमुख दाहालले केही अनलाइन मिडियाबाट फेक न्यूजहरु आइरहेको हुनाले यस्ता फेक न्यूज प्रशारण हुनबाट रोक्नलाई पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताईन् ।
कार्यक्रममा नेकपा नेता यमबहादुर परियारले मिडियाहरुले विश्वसनीयतालाई जोगाइराख्नुपर्ने बताए । कार्यक्रममा अर्का नेकपाका नेता तेजेन्द्र खड्काले चितवनको पत्रकारिताले अझ फड्को मार्दै जानुपर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पत्रकारहरुको सरकारको कमीकमजोरीप्रति कलम चलाएर सजग बनाउनुपर्ने बताए ।  कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल बार एशोसिएसनका चितवन अध्यक्ष कमलराज पाठक, पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, सुरेशचन्द्र अधिकारी, कृष्ण गिरीलगायतले प्रेस स्वतन्त्रताको पक्षमा मन्तव्य राखेका थिए । विभिन्न पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !