चितवन । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय नगरी सौराहासगैँ जिल्ला अन्य पर्यटकीय क्षेत्रमा विशेष शान्ति सुरक्षाका लागि पहल थालेका छन् ।  सरकारले घोषण गरेको पर्यटन बर्ष लक्षित गर्दै अहिलेदेखि नै पूर्वधारसगौ पर्यटन क्षेत्रमा पर्यटन प्रहरीलाई बजबुत बनाउन आफै स्वयम् उपस्थित भएर उनले विशेष पहल थालेका हुन् ।

ईलाका प्रहरी कार्यालय रत्ननगर अन्र्तगत पर्ने सौराहामा रहेको बछौली चौकीको स्तर वृद्धि देखि प्रहरी निरीक्षकको दरबन्दी कायम गर्ने महानिरीक्षक खनालले प्रतिवद्धता जनाएका छन् । सो अवसरमा प्रहरी गस्ती लागि ७ वटा मोटरसाइकल, १० वटा रेडियो सञ्चार सेट र एउटा बेस सेट प्रहरीलाई हस्तान्तरण गरेका छन् । भने पर्यटन प्रहरीका लागि गस्ती छुटै मोवाईल कार समेत हस्तान्तरण गरेका थिए ।

https://www.facebook.com/saurahaonline/videos/2214694428542991/

 

यस्तै सोही अवसरमा आईजीपी खनालले सौराहाको निर्वाध पर्यटकीय गतिविधी र सुरक्षाका लागि ५ दरवन्दी थप्ने बचनवद्धता दिएका थिए । सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

खनालले रातको समयमा अरुलाई डिस्टर्ब हुनेगरी रेष्टुरेन्ट तथा क्लवहरुमा अमर्यादित गतिविधि गर्न नपाईने पनि उल्लेख गरे ।  पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने बताए ।

पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै आईजीपी खनालले भने–‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस् ।’ सो अवसरमा आईजीपी खनालले सौराहाको सुरक्षामा विशेष रणनितिका साथ थप सक्रिया बढाउन ईप्रका टाडीका प्रमुख दयानिधि ज्ञावाली निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !