किशोर रिजाल

चितवन । चितवनको जिल्ला सदरमुकाम रहेको सामुदायिक रेडियो (रेडियो भरतपुर १०५.२) मेगाहर्जले आफ्नो पहिलो बार्षिकोत्सव विविध कार्यक्रम गरि मनाउने भएको छ ।

तत्कालीन रेडियो नारायणीको कलसाईन परिर्वतन गरि नयाँ व्यवस्थापनमा गत बर्ष देखि सञ्चालन भएको रेडियो भरतपुरले आफ्नो बार्षिकोत्सव विविध कार्यक्रम गरि मनाउने भएको हो ।
यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै पहिलो बार्षिकोत्सव विविध कार्यक्रम गरि मनाउन लागेको हो ।
जनताको चाहान र मागकोअ ाधारमा समुदायमुखी कार्यक्रममा छोटो समयमा नै लोकप्रिय बनेका कारण सामाजिक काम गर्दै पहिलो बार्षित्सव मनाउन लागेको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।
बार्षिकोत्सव अन्र्तगत पहिलो दिन मंसिर २४ गते अनाथ बालबालिकालाई सम्मान तथा भोजन, मंसिर २५ गत महिलाहिंसा विरुद्ध जागरण कार्यक्रम, मंसिर २८ गते कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता, मंसिर २९ गते विद्यालयस्तरी नृत्य प्रतियोगिता, पुस ३ गते गते कृषकसगँ रेडियो भरतपुर र पुस ७ गते ईमिनेट ईभ उईथ कुटुम्ब कार्यक्रम गर्ने रेडियोका कार्यकारी निर्देशक सिपि सुवेदीले बताए ।
स्थापनाको छोटो समयमा आफुहरुलाई श्रोताको माया अथाह मिलेको आगामी दिन थप नयाँ कार्यक्रमहरु समेत घोषण गर्दै अगाडी बढ्ने रेडियोको स्टेशन ईन्चार्ज माधव सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस !