
विवेक भण्डारी
नवलपुर । गाँउदै र बजाउदै हिड्ने सारङगी दाईहरु हिजो आज गाँउ शहरमा देखिन्न छाडेका छन । आकल झुक्कल देखिने यस्ता सारङगी बादकहरु आफ्नो पेशामा अडिन नस्कनु नै मुख्य समस्या भएको छ ।
१२ बर्षको उमेर देखि सारङगी बजाउने पेशा कै रुपमा लिएका शेरबहादुर गन्धर्भलाई अहिले यो पेशा निल्नु नओकल्नु जस्तो बनेको छ । १२ वर्ष देखि अर्घखाँचिमा सारङगी बजाउने पेशाामा लागेका शेरबहादुरलाई अहिले यहि पेशा संकटमा पर्दा समस्या भएको बताए । पहिले पहिले सारङगी बजाउन मान्छेले बलाउने गर्थे तर अहिले आफै गाउँ गाउँमा जादा पनि सारङगीलाई त्यति वास्ता नदिएको उनको गुनासो छ ।
गन्धर्भ जातिका समुदायले पनि यसलाई वास्ता दिन छाड्दा यो बाजा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । तर आफुहरुको पेशा र आफ्नो संस्कृति संकटमा पर्दै गए पछि आफुहरु ७ वर्ष अघि देखि सारङगी संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले नेपालका विभिन्न जिल्लाहरुमा हिडेको शेरबहादुर गन्धर्भको भनाइ छ ।
पहिले सारङगी बजाउनेलाई कलाकारको रुपमा हेरीए पनि अहिले भने गन्धर्भहरुलाई त्यति वास्ता नगरिएको गन्धर्भहरुको भनाई छ । तर सारङगी बाजा संरक्षण गर्न सके यसको संरक्षण हुन सक्ने विश्वास भने गन्धर्भहरुलाई छ ।
आधुनिक प्रविधिको बढ्दो प्रयोगले सारङगी रेटेर जिविकोपार्जन गर्ने पेशा लोप हुने अवस्थामा पुगेको छ ।
अहिलेका युवायुवती विदेश जाने, बजाउन लाज मान्ने र यो पेशाप्रति लगाव नदेखिएकाले आफुहरुको पेशा लोप हुन लागेको गन्धर्भको चिन्तन छ ।
विशेष गरि समाजमा हुने जातीय विभेद तथा हत्या, हिंसा लगायत समसामायिक बिषयबस्तुमा आधारित रहेर गन्धर्भ जातीले गितको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्दथे।
तर हिजो आज राजनितिक परिर्वतन संगै फेरीएको व्यवस्थाले यि सबै गित संगित हराउदै गएको प्रति गन्धर्भको चिन्ता छ ।
नेपालमा सँस्कृति झल्कने सारङगीको संरक्षण गर्न अहिले सबैक्षेत्रको भुमिका खड्किएको छ । त्यसैले यसको संरक्षणमा लाग्न सबैको आवश्यकता देखिन्छ ।