चितवन  । चितवन भन्ने बितिकै सौराह मात्रै नभईकन अब धार्मिक एवंम पर्यटकीय क्षेत्रको रुपमा गणेशधामले सबैलाई चिनाउने प्रदेश नम्बर ३ का मुख्य मन्त्रि डोरमणी पौडेलले बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ सुरुभएको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्रि पौडेलले आर्थिक अबस्थामा सुधार आउनका लागि पर्यटन व्यवसाय राम्रो हनुपर्ने बताउनु भयो । जबसम्म आर्थिक क्रियाकलापलाई अगाडी बढाउन सकिदैन तबसम्म देशको बिकास र सरकाले देखेको सम्बृद्धिको सपना साकार नहुने मन्त्रि पौडेलले बताउनु भयो ।


देवघाट र गणेशधामलाई जोडेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चितवनलाई थप चिनाउन सकिने भन्दै उहाँले प्रदेश सरकारबाट धाम निर्माणका लागि ९० लाख विनियोजन गरेको बताउनु भयो ।
नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा हुदैमा हिन्दु धर्म संकटमा नपरेको भन्दै मन्त्रि पौडेलले आफुलाई मन लागेको धर्म मान्न पाउनु मानिसको अधिकार भएको बताउनु भयो । आध्यातमबाद र भौतिकबादबीचमा फ्युजन गरेर मात्रै बिकास सम्भव भएको समेत उहाँले बताउनु भएको छ ।
सोही अवसरमा व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भारतबाट आउने लाखौ भक्क्तजनलाई गणेश मन्दिरको पुजा गरेर मात्रै पशुपतिनाथको पुजा गर्न जाने वातावरण मिलाउन सके यो देशमा मात्रै नभई विदेशमा पनि प्रचार प्रसार गर्न सकिने बताउनु भयो ।
गणेशस्थान वरपर रहेका करिब छ सय घरपरिवार अझै पनि सुकुम्बासी भएको भन्दै प्रदेश सरकारलाई जग्गा दर्ता गरिदिन मुख्य मन्त्रिसंग पोख्रेलले आग्रह गर्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले यस धार्मिक क्षेत्रलाई देबघाटसंग जोड्दै अगाडी बढाउन सुझाव दिनुभएको छ ।
गणेशधामको गुरुयोजना निर्माणका लागि अग्रणी भूमिका खेलेका सांसद विजय सुवेदीले मंसिर महिनाको काम गणेश धाम भन्ने अभियानलाई सम्पूर्ण जिल्लावासीले साथ दिएको बताउनु भयो । महायज्ञमा सहभागी भएर आफ्नो दक्षता अनुसारको सहयोग गर्न चितवनबासीलाई आग्रह समेत गर्नुभएको छ ।
उद्घाटन अघि गणेशधामबाट सुरु भएको रथ सहितको शोभायात्रामा हजारौंको सहभागिता रहेको थियो । शोभा यात्रा बाइपास रोड हुँदै विशाल चोक, क्याम्पसगेट, लायन्सचोक, शहिदचोक, लीलाचोक, पोखरा बसपार्कहुँदै गणेशधाम पुगेर उद्घाटन शत्रमा परिणत भएको थियो ।
शोभायात्रामा भरतपुर महानगरका विभिन्न वडाका टोलसुधार समिति, आमा समूह, धार्मिक संघसंस्था, युवा क्लब, विद्यार्थी, उद्योगी ब्यवसायीलगायतको सहभागिता रहेको थियो । ¥यालीमा सहभागीले आआफ्नो संघ संस्थाको ब्यानर लिएका थिए भने आ आफ्नो जाति र संस्कृति झल्कने पहिरन लगाएका थिए । गणेशधाम निर्माणका लागि निस्किएको शोभायात्रा चितवनमा भएका धार्मिक कार्यक्रममा अहिलेसम्मको सबैभन्दा ठूलो भएको आयोजकको दाबी छ ।

कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति जितनारायण क्षेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा महायज्ञ मूल आयोजक समारोह समितिका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !