कास्की । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्तिसहित बृद्धभत्ता बढ्ने बताए ।
‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ,’ उनले भने, ‘घोषणपत्रमा गरिएको संकल्पअनुसार काम हुन्छ ।’
उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे ।
साथै प्रचण्डले जन्मस्थान कास्कीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेपनि चुनावचाहिँ चितवनबाटै लड्ने बताए ।
‘म ८ बर्षको उमेरमा हाम्रो परिवार चितवन झर्यो’ प्रचण्डले भने, ‘तर ८ बर्ष अगाडि भएका घटनाले मान्छेलाई बयस्कसम्म प्रभावित पारिरहन्छ भनिन्छ, त्यस हिसावले कास्कीसँग मेरो निकै गहिरो सम्बन्ध छ ।’
उनले भने, ‘तर, यति हुँदाहुँदै पनि अहिलेसम्म मैले कास्कीबाट चुनाव लड्ने विषयमा सोचेको छैन् । मेरो निर्वाचन क्षेत्र चितवन नै हुन्छ