सन्तोष क्षत्री, दोहा कतार
द भ्वाइस् अफ नेपाल ग्रेन्ड फिनालेको आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ।यहि डिसेन्बर १४ तारिख शुक्रबारका दिन दोहाको सनैया एसियन टाउन स्थित एमपी थिएटरमा हुने कार्यक्रकको सम्पुर्ण तयारी पुरा भएको आयोजक प्रविन गुरुङले बताए । कार्यक्रममा द भ्वाइस् अफ नेपालका अन्तिम चार प्रतिस्पर्धी संगै अन्तिम ८ मा प्रतियोगी तथा सबैको मन जित्न सफल सारङ्गी बाधकद्वय तिजिन्द्र गन्धर्व र वर्ता गन्धर्व पनि बुधबार बिहान कतार आइपुगेका छ्न । कार्यक्रममा अन्य कलाकार संगै हास्यकलाकार धुर्मुस सुन्तली को पनि प्रस्तुति रहनेछ ।
द भ्वाइस अफ नेपालको कोचमा दिप श्रेष्ठ, प्रमोद खरेल, अभाया सुब्बा र सनुप पौडेल रहेका छ्न । पहिलो सिजनको बिजेताले नगद २५ लाख, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउने भएका छन ।कार्यक्रम स्थलको सुरक्षा देखि टिकट काउण्टर सम्मको ब्यावस्थापन सकिएको गुरुङले बताए । उनका अनुसार कार्यक्रम हुने दिनमा १ सय ६० जना कतारी प्रहरी र ३ सय सुरक्षागार्डको ब्यवस्था गरिएको छ ।कार्यक्रम हेर्न दर्शकले कतारमा रहेका नेपाली रेष्टुरेन्ट, ग्रान्ड मल, सफारी मार्केट तथा अन्लाईन मा ई–टिकट बाट समेत टिकट खरिद गर्न सक्नेछन भने कार्यक्रमकै दिनमा टिकट काटेर जानेहरु को लागि १ दर्जन टिकट काउण्टरको ब्यवस्था गरिने बताइएको छ ।
साथै कार्यक्रममा आउने दर्शकलाइ सहजता होस भन्दै कार्यक्रम स्थलमै नेपाली परिकार पाउने गरी खानेकुराको स्टल समेत ब्यवस्था गरेको आयोजक गुरुङले बताए ।यस्तै फिनाले कार्यक्रममा ७९ देशका एनआरएन प्रतिनीधी आउने आयोजकले बताएका छन् । एनआरएन आइसिसि मध्य पुर्व उप – संयोजक समेत रहेका आयोजक गुरुङले विभिन्न ७९ देशका एनआरएनए प्रतिनीधीलाई कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए ।