काठमाडौँ, मङ्सिर : प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ । 
ती दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको काउन्सिलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !