चितवन । मुलुकको तेश्रो पर्यटकीय गन्तव्यको रुपमा चितवन जिल्ला विकसित भैरहेको छ । पर्यटकीय गतिविधि बढेसगैँ यहाँ विभिन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढेको छ । यस क्रम जिल्लाको मुख्य क्षत्रेमा नयाँ स्वाद दिन नयाँ नयाँ रेन्टुरन्टहरु सञ्चालनमा आईरहको छ । भने यसै क्षेत्रको पर्यटनलाई थप सहयोग पुर्याउन तथा चितवनका खानाका पारखीलाई छुट्टै स्वाद चखाउने उद्देस्यले सदरमुकाम भरतपुरमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।

होटल व्यवसायमा फरक पहिचान दिन सफल प्रेसिडेन्ट ग्रुप अफ होटलको लगानीमा आठौँ आउटलेटका रुपमा प्रेसिडेन्ट सेकुवा एण्ड फेमिली रेस्टुरेन्ट प्राली। भरतपुर, आरोलो महानगर कार्यालयसगैँ सञ्चालनमा आउन लागेको हो ।

सेकुवाका सौखिनहरुलाई चितवनमै फरक स्वादको सेकुवासगैँ अन्य विबिध परिकारहरु एकसाथ पस्किने उद्देश्यले जिल्लामै ग्राहकमैत्री प्रसिडेन्ट सेकुवा सञ्चालनमा आउन लागेको छ ।

काठमाडौँको सुन्धारमा मुख्य कार्यालय रहेको यस ग्रुपले पूर्ण पारिवारिक तथा कार्पोरेट हाउसलाई लक्षित गरिएको ग्रुपका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए ।

झण्डै डेड करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा आउन लागेको यस रेष्टुरेन्टमा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज ईटलियन र थाइ लगायत विभिन्न परिकारहरुको स्वाद् लीन पाउने उनले बताए ।

“हामीले स्वादमा फरकपन र उत्कृस्टता दिनुका साथै आकर्षक बनाउने लक्ष्य लिएका छौ । रेस्टुरेन्ट भित्रका कोठाहरुलाई विभिन्न नाम दिएर अपनत्व दिलाउने प्रयास गरिनुका साथै नेपाली मौलिकताको आभास महसुस गर्दै कुनै बिदेशी रेस्टुरेन्टको झल्को मेटिने खालको संरचना, सुबिधा तथा सेवा प्रदान गर्ने र हामीले हाल सम्म सञ्चालित गरेका रेस्टुरेन्टहरुको अनुभव तथा ग्राहकको रुचीलाई मर्ज गरेर यसलाई चितवनमा प्रयोग गरेकाछौं “ भण्डारीले बताए ।

पारिवारिक रुपमा आउने बच्चाबच्चीहरुका लागि छुटै किड्स प्ले रुमले यहाँ सबैलाई आर्कर्षित गर्नेछ ।

जहाँ बच्चाबच्चीहरुले विभिन्न खेलौना सामाग्रीहरु खेल्दै रमाउन सक्नेछन् । यो सेवा निशुल्क समेत गरिएको भण्डारीले बताए ।

रेष्टुरेन्टमा आउन सक्ने कोर्पोरेट हाउसका महत्वपूर्ण बैठक तथा डिललाई बिशेष ध्यान दिएर गुणस्तर तथा सुरक्षालाई कमी नहुने गरी रेस्टुरेन्ट तयार हुन लागेको भण्डारी बताउछन ।

त्यस्तै विवाह, पार्टी, बैठक, गोष्ठी सेमिनार गर्न मिल्ने एसी रुम तथा मिटिङ्ग हलको समेत व्यवस्था हुनेछ ।

यस्तै गीत(संगीतका पारखी ग्राहकवर्गहरुलाई मध्यनजर गर्दै काराओके (गीतको ट्रयाकमा लिरिक्स हेर्दै गीत गाउने जापानी शैली) सांगीतिक रुमको समेत व्यवस्था छ ।

रेस्टुरेन्ट निर्माणको करिब ९० प्रतिशत काम सिद्दिएको र बाँकी सबै तयार भैसकेपछि एक भब्य समरोह बिच रेस्टुरेन्ट ऊद्धघाटन हुने र सो अवसर स्थानियलाई विभिन्न अफर लगायत छुट दिने ग्रुपको तयारी रहेको छ ।

२०६३ सालबाट सञ्चालनमा आएको प्रेसिडेन्ट ग्रुप अफ होटलले काठमाडौँमा ६ र लुम्बीनीमा एउटा होटल सञ्चालन गरीसकेको छ । साथै निकट भविष्यमा काठमान्डौको महाराजगन्ज मकवानपुर र पोखरामा समेत आफ्नो नयाँ शाखा विस्तार गर्ने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !