चितवन । बोस्टन इन्टरनेशल कलेज चितवनको आयोजनामा “बोस्टन इन्डेभर” को दोस्रो संस्करण भरतपुरमा यही पुस २५ गतेबाट २७ गते सम्म ३ दिन हुने भएको छ ।
कलेज परिसरमा भएको पत्रकार सम्मेलनमा भारत, बगंलादेशर र देशभरका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका २० वटा व्यवस्थापन संकायमा पढाई हुने कलेजबाट प्रति कलेज ६ जना विद्यार्थीको सहभागिता रहने जानाईएको छ ।
“बोस्टन इन्डेभर – २०१९” नाम दिईएको कार्यक्रममा प्लस टु तहका विद्यार्थीलाई पनि समेटिएको छ । पहिलो संस्करणमा स्नातक तहलाई मात्र समावेश गरिएको थियो ।
प्रतियोगितामा सहभागी हुन स्नातक कलेजलाई प्रति कलेज ६ हजार तोकिएको छ भने प्लस टु तहमा भने प्रति कलेज २ हजार तोकिएको छ । प्रतियोगितामा मानव संशाधन, उद्यमशिलता, वित्तिय व्यवस्थापन, बजारशास्त्र, सामूहिक क्रियाकलाप र सीईयो गरि ६ विधा समावेश गरिएका बोस्टन इन्टरनेशल कलेजका कार्यक्रम संयोजक ईश्वर सापकोटाले जानकारी दिनुभयो ।
संयोजक सापकोटाले भन्नुभयो, “विद्यार्थीलाई सैद्धान्ति र किताबी ज्ञानलाइ व्यवहारिक जीवनमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमले दिन्छ । ” प्रतियोगितामा उत्कृष्ट प्रस्तोताले कार्यक्रमको हरेक विधामा छुट्टै पुरस्कार प्राप्त गर्ने पनि उहाँले बताउनु भयो ।
प्रतियोगितामा पहिलो हुनेले कलेजले स्नातक तहमा ७५ हजार रुँपैया र प्लस टु तहमा २५ हजार रुँपैया नगद प्रस्कार पाउने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजक समितिमा कमल सुवेदी, राहुल अग्रवाल र निरज अर्याल रहेका छन् ।