
चितवन, । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले विपन्न समुदायलाई व्यक्ति गर्ने सहयोग भन्दा सरकारले नीति नै बनाएर गरिब तथा विपन्नलाई सहयोग गर्नुपर्ने बताएकी छिन् ।






“गरिबलाई शिक्षा, स्वास्थ्य र वासको व्यवस्था गर्ने दायित्व नेपाल सरकार हो उनले भनिन् सबैलाई केहि समय त आरक्षण त आउला, केहि विपन्नका मात्रै सबैका बालबालिका शिक्षित बनाउनु पर्छ ।”
चितवनको रत्ननगरमा रहेको गामवेशीको चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज खाद्यान्न सहयोग गर्दै उपाध्यक्ष दाहालले विपन्न शिक्षा निशुल्क भने नि अन्य कुराले गर्दा पढाईमा समस्या आएको भन्दै सबै कुरा व्यवस्था गरेर शिक्षा दिनुपर्ने धारण राखिन् ।
मुलुक संघियताको कार्यान्वयनको चरणमा रहेको स्मरण गर्दै उनले शिक्षा नै परिर्वतनको मुख्य आधार भएकोले यसमा सरकारको थप ध्यान दिन सुझाव समेत दिईन् ।
सो अवसरमा उनले विपन्न समुदायलाई सबै क्षेत्रले एकजुट भएर सहयोग गर्न अपिल पनि गरिन् ।
सरकारले भर्ना अभियान सुरु गर्दा आफु चेपाङ्ग केन्द्रमा आई सोही केन्द्र माया चेपाङ्गको अभिभावकत्व ग्रहण समेत गरेको बताउदै आफुहरुले केन्द्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाईन् । भने आफुले पढाएको बच्ची मायाको बारेसगँ विशेष भेटघाट गरेकी थिईन् ।
केन्द्रमा आश्रित धादिङ, मकवानपुर र गोरखाका असहाय, अनाथ र अति गरीब परिवारका १ सय ३२ जना बालबालिकालाई उनले एक हप्तालाई पुग्ने खाद्यान्न समेत सहयोग गरेकी थिईन् ।
दैनिक आम्दानीको कुनै श्रोत नभएको केन्द्रमा यसैगरी विभिन्न सहृदयी महानुभावहरुबाट सहयोग संकलन गरी दैनिक गुजारा चलाईदै आएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए ।
सोही अवसरमा नारायणी बराह ज्वलेरी नारायणगढ शाखाले समेत एक हप्तालाई पुग्ने खाद्यान्न सहयोग हस्तान्तरण गरेको थियो ।
नारायणी बराह ज्वलेरीकी महाप्रबन्ध दिपिकासिहं रदल, निर्देशक शरण लामिछानेले एक साथ संयुक्त रुपमा उपाध्यक्ष दाहाल मार्फत सहयोग प्रदान गरेका थिए ।
सो अवरमा बोल्दै उनले बराहले स्थापना काल देखी नै सामाजिक उत्तर दायित्व वहन गर्दै आएको स्मरण उनले चेपाग केन्द्रमा विशेष सहयोग गर्ने प्रतिवद्धा जनाईन् ।

बराह ज्वेलरीका जन्मदाता स्व।ईन्द्र कुमार लामिछानेको इच्छा अनुसार आफुहरुले विविध क्षेत्रमा सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिईरहेको निर्देशक शरण लामिछानेल बताए ।

उनले भने बराह सधैं व्यापारमा मात्रै केन्द्रित हुँदैन, हामी ब्यापार सँगै सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा पनि सक्दो सहयोग गर्दै आईरहेका छौं र आगामी दिनमा पनि गर्दै जानेछौं ।


बराहले राष्टिय सभाकी उपाध्यक्ष दाहाल मार्फत एक हप्तालाई पुग्ने खाद्यान्न सहयोग गरेको हस्तान्तरण गरेको थियो ।
केन्द्रका सल्लाहकार एवं प्रसिडेन्ट रेष्टुरेन्टका प्रबन्ध् निर्देशक शंकर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा रेडियो भरतपुरका अध्यक्ष नविनराज पौडेल लगायतले बोलेका थिए ।