–  संकेत कोइराला  –
माक्र्स र एंगेल्सबीच एकताका सम्बन्ध चिसिएको थियो आर्थिक कारणले । ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो । एंगेल्सले माक्र्सलाई पत्रमार्पmत यो जानकारी गराए । माक्र्सबाट सोचेजस्तो जवाफ आएन । फलस्वरूप एंगेल्स ६ दिन झोक्राए । प्रत्युत्तरमा माक्र्सले भनेका थिए, ‘जुन दिन मेरो घरमा अन्न थिएन, छोरी जेनी बिरामी थिइ । उधारो खाएका साहुहरू सामान लिलामी गर्न घरमा आइरहेका थिए । त्यसैले एकान्त चित्तले मैले मृत्युभाव प्रकट गर्न सकिन ।’ त्यसैले भनिन्छ– मानिसका १८ परीक्षा हुन्छन् । सबैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ । नेता भनेका देशका सम्पत्ति हुन् । जनताको हित गर्ने शर्तमा राज्यले उनीहरूमाथि लगानी गरेको हुन्छ । यस मानेमा पनि उनीहरू चर्चायोग्य छन् । चाहे त्यो राम्रो होस् या नराम्रो । भनिन्छ नि– उज्यालोको मात्र हैन अन्धकारको पनि आप्mनै अर्थ हुन्छ । अरु त अरु बिग्रेको घडीले पनि दिनमा दुईपटक एक्युरेट समय दिन्छ । नेताहरूलाई रातोबत्ती जडित साइरनवाला गाडी त्यसै दिइएको होइन । देश हितमा काम गर्न बिलम्ब नहोस् । जाम, धुलो, धुवाँले उनीहरूको निर्णय क्षमतामा ह्रास नल्याओस् भनेरै हो । सेना र पुलिसले घेर्नुको औचित्य उनीहरूलाई टक्सारमा राखिएका मोहोर जस्तै बहुमूल्य बनाइएको हो ।

राजनीति कुनै लहड र सनक होइन । यो त नीतिहरूको राजा हो । अझ भनौं ३ करोड जनताको व्यवस्थापन गर्ने कडी भनेकै राजनीति हो । यस्तो गुरुत्तर दायित्व लिएका समकालिन नेताहरूको जीवनशैली ठ्याक्कै जग्गा दलाल र मेनपावर सञ्चालक जस्तो बन्दै गएको छ । जो खुशी रहन चाहन्छ, उसलाई कसैले पनि दुःखी बनाउन सक्दैन । जो दुःखी रहन चाहन्छ, ऊ सुखमा पनि दुःख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण संसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो ।

आपूm आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिप्छन् । कुनै मानिस सधैं असल र सधैं खराब भइरहने होइन । संसार कति स्वार्थी छ भने पैसा नराखिएको रित्तो गोजीसँग हातले पनि त्यति संगत गर्न रुचाउँदैन । सँगसँगै टाँसिएर बस्ने दाँत र जिब्रोको पनि हार्दिक सम्बन्ध हुँदैन । घरीघरी दाँतले जिब्रो टोकिदिन्छ । मानिस–मानिसबीचका सम्बन्धमा पनि यस्ता मेल–बेमेलका थुप्रै सन्दर्भ जोडिएका हुन्छन् ।

मञ्चुरियामा जापानले हमला गर्नुअघि मजदुरको भेषमा धेरै वर्षअघिदेखि त्यहाँ बसेका जापानीहरू त्यति खतरनाक छन् भन्ने कसैलाई थाहा थिएन । शिक्षा दिन र धर्म प्रचार गर्न भारत पसेका ब्रिटिशहरूले एकदिन दिल्ली दरबार कब्जा गर्छन् भनेर कसैले सोचेका थिएनन् । उखु खेतीमा बनिबुतो गर्न फिजी पुगेका भारतीयहरूले महेन्द्र चौधरी जन्माउँछन् भनेर शायदै कसैले बनेको थियो । न शान्ति र मैत्रीको माला जपेर गान्तोकको इण्डिया हाउसमा बसेका भारतीय कूटनीतिज्ञहरूले स्वाधीन सिक्किमलाई भारतमै गाभ्छन् भन्ने कुराको सुइँको सिक्किमे राजालाई भयो । चीनसँग विशेष सम्बन्ध बनाएका जुल्फिकर अलि भुट्टो फाँसीको फन्दामा पर्दा चीन चुँ बोलेन ।

रुसविरुद्ध लड्न आपैंmले हुर्काएको बिन लादेन कालान्तरमा अमेरिकाका लागि टाउको दुखाई भयो । आपैंmले दिएको हतियार खोस्न तालिवानीसंंग लड्नुप¥यो । अमेरिकी डिजाइनमा हुर्किएका पनामाका सैनिक तानाशाह नोरियगाको उपयोगिता सकिएपछि राष्ट्रपति भवनबाटै गिरप्mतार भए । १८ वर्ष आप्mनो नियन्त्रणमा राखेको अमेरिकाले पक्षघातले असक्त भएपछि फ्रान्सलाई बुझायो । जब अभाव र संकट हुन्छ नि, त्यसबेला मानवीय गुण बिलाउँछ ।

कूटनीति र राजनीतिक चलाखीका दृष्टिले अघिल्लो पुस्ता धेरै अगाडि थिए । नपढेका जंगबहादुर बेलायत गएर नेपालको सैनिक, प्रशासनिक ढाँचामा परिवर्तन मात्र ल्याएनन्, उनको सम्मानमा दिइएको भोजमा अंग्रेजी गीतमा कम्मर मर्काइ मर्काइ नाचे । अंग्रेजी नबुझ्ने जंगबहादुर यसरी मच्चिई मच्चिई नाचेको देखेर अंग्रेजहरूले आश्चर्यका साथ सोधे– ‘तपाईं भाषा नबुझ्ने मान्छे अंग्रेजी गीतमा किन झुमेर नाच्नुभएको ?’ जंगबहादुरले तत्काल जवाफ दिए– ‘तपाईं चराले बोलेको बुझनुहुन्छ ? पक्कै बुझ्नुहुन्न । तर चरा बोलेको त तपाईंलाई मीठो लाग्छ नि हैन र ?’ कोहीसंग जवापैm थिएन । तुलसी गिरीका दुई श्रीमती थिए । सौता सौता चुल्ठो लुछालुछ गर्न थालेपछि झगडा छुट्याउन बिपीसंग सहयोग माग्थे रे । कति झगडा बिपीको मध्यस्थतामा साम्य बनाइएको सन्दर्भ इतिहासमा उल्लेख छ ।

तात्कालिन युवराज महेन्द्रले साली रत्न ल्याउने निश्चित भएपछि उनलाई युवराजबाट बर्खास्त गर्ने राजा त्रिभुवनको योजनालाई बिपीको पहलमा साँप मर्ने, लौरो पनि नभाँचिने शैलीमा समाधान गरिएको आत्मवृत्तान्तमै उल्लेख छ । आपैंmले थुनेका बिपीको फोटो प्रज्ञा प्रतिष्ठानमा नदेख्दा राजा महेन्द्रले तत्काल राख्न हुकुम दिएको सबैलाई थाहै छ । यहाँ उठाउन खोजिएको सन्दर्भ के हो भने मनमा तुष भए पनि सामान्य घरायसी समस्या पनि नेता मात्र हैन राजासमेत आपसमा बाँडचुड गर्थे । उनीहरू भित्रको सद्भावपूर्ण रसायन जीवनपर्यन्त जीवित देखिन्थ्यो । यो इतिहास आज अलकायदा संस्कारमा अनुवाद हुँदै गएको छ । शेरबहादुर देउवाले ठम्याएको रंग केपी ओली र प्रचण्डलाई अलग लाग्छ । ओली र दाहालले ठम्याएको रंगमा देउवाको मन चित्त अड्दैन । हुँदाहुँदा पारिवारिक रमाइलोमा पूर्वराजा ज्ञानेन्द्रले नाचेको दृश्य प्रचण्डका लागि क्षेप्यास्त्र समान भयो ।

भुक्तभोगीहरू भन्छन्–राज्य सञ्चालनमा राजा महेन्द्र यति चलाख थिए कि कुनै पनि राजनीतिक निर्णय लिंदा आप्mनै पत्नीहरूलाई पनि सुइँको दिंदैनथे रे । त्यतिमात्र हैन, छोराहरूसंग व्यक्तिगत खुसामद कहिल्यै गरेनन् । उनले सधैं लगाउने कालो चस्माबारे कसैले डेढो आँखा छोप्न भनेका छन् भने समर्थकहरू कालो चश्माबाट अरुको अनुहार पढ्न सजिलो हुने भएकाले कूटनीतिक प्रयोजनका लागि लगाइएको जिकिर गर्छन् । बिपी कोइराला प्रधानमन्त्री भएका बेलाको सन्दर्भ हो । मन्त्रिपरिषद्को बैठकमा यो पनि भएन, ऊ पनि भएन भनेर गणेशमानसिंह हरेक प्रस्तावमा भाँजो हाल्थे रे । हुँदाहुँदा अस्वीकृत प्रस्तावको चाङ लागेछ । यसबाट सरकारको बद्नाम हुने सत्य बुझेका बिपीले उपाय निकालेछन् । एकदिनको बैठकमा गणेशमानलाई फुक्र्याएर उहाँ र आपूmमा केही फरक नभएको भन्दै वरिष्ठ मन्त्रीको हैसियतले आगामी बैठकबाट सरकारका सम्पूर्ण प्रस्ताव सिंहले ल्याउने उद्घोष गरिदिए । गणेशमानलाई आपूmले सम्मान पाएको अनुभव भयो, बिपीको बाटो फराकिलो ।

जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरूले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन् । ज्ञान र सत्यबाट हिंडेको मानिसले झारपातबाट पनि मह उत्पादन गर्नसक्छ । अरुलाई दुःख दिनेले कहिल्यै सुख पाउँदैन । देश बनाउने जिम्मेवारी पाएका हाम्रो देशका अधिकांश शिल्पीहरू पढेलेखेका छन् । कुन नेता छन्, विदेश नगएका हुन् ! कुन जंगी, निजामतीका अधिकारी छन्, विदेशमा पढेका छैनन् । लिक्वान युको देश बनाउने भिजन, देङ सियाओ पिङको आर्थिक क्रान्ति, महाथिर मोहम्मदको संकल्प सबै नेतालाई कण्ठ छ । एशियाको मोती भनिने श्रीलंकाबाट प्रभावित भएर आप्mनो देशलाई पनि त्यस्तै बनाउने संकल्प गरेका लिक्वान युले सिंगापुरलाई स्वर्ग बनाए, तर प्रेरणा लिएको भूमि श्रीलंका भने खरानी भएर बल्ल थिग्रिने कोशिसमा छ । पाँच दशक अघिसम्म नेपालले अन्न पठाउने गरेका कोरिया, थाइल्याण्ड, भियतनामजस्ता मुलुकका जनताको प्रतिव्यक्ति आय २४ हजार डलरसम्म पुगिसक्यो । हामी ३ सयको लाजमर्दो दौडमा छौं । सात वर्षअघि भ्रष्टाचार हुने मुलुकहरूको ९० औं सूचिमा रहेको देश अहिले १४७ औं सूचिमा दरिएको छ । जनतालाई बाँच्न हैन, माग्न सिकाउने कुपात्रहरू राजनीतिको चुलो चौकोमा हावी हुँदै जाँदा कालो बादल झन्झन् मडारिँदो छ ।

राजा छँदा दोषको भुतभुते उनलाई खन्याएर आपूm पानीमाथिको ओभानो हुन खोज्ने नेताहरू देशमा बढेको बेथिति स्विकार्न तयार छन् तर जिम्मेवारी लिन किमार्थ तयार छैनन् । राजनीतिमा नैतिकताको ‘न’ पनि बाँकी छैन । रंगशालामा चलेको हावाहुरीका कारण भएको भागदौडमा मान्छे मारिँदा नैतिकताको आधारमा पदबाट राजीनामा दिने केशरबहादुर विष्टको त्यो साखमा अढाई दशकयता कुनै राजनीतिका माइकालालले नैतिकताको एउटा उल्लेख्य इँटा थप्न सकेका छैनन् । नैतिकता भनेको स्वधर्मको नाम हो । आत्माको पुकार हो । कुतर्क गर्ने हो भने रंगशालाको ढोका मन्त्रीले खोल्ने होइन, के को राजीनामा ? कसैले खुकुरीले ठुन्क्यायो भने दोष मानिसलाई किन ? हातले त काट्दैन । काट्ने त खुकुरी हो । आखिर तर्क सकिएपछि बाँकी रहने भनेको कुतर्क नै हो । अहिले देखिने नाटक यस्तै विवेकशून्यताको परिणाम हो । हामीले सुन्दै आएको टेबुलमुनिको घुसखोरी त दन्त्यकथा जस्तो भइसक्यो । भ्रष्टाचार अब नीतिगत र संगठित रूपमा स्वाभाविक प्रक्रियाजस्तै भएको छ ।

भ्रष्टाचारी र सदाचारी खुट्याउनु भनेको सर्वतबाट चिनी निकाल्नुजस्तै कठिन बन्दै गएको छ । दल र तिनीहरूले लाइसेन्स दिएका दलालहरूबाट राज्यका हरेक निकाय प्रताडित छन् । अब त चुनाव पनि सेटिङमा हुन थालिसक्यो । जनताको हाड, पसिनाको कमाइ सदुपयोग गर्नुपर्छ भनेर कुनै राजनीतिक दलले उच्चारण गरेकोसम्म सुनिँदैन । यी सबै दृश्यले भन्छ– नीतिहरूको राजा राजनीति, उद्योग भएको छ । राजनीतिक दलहरू प्राइभेट लिमिटेड । सत्ताभित्रका दलहरू लुट्न मस्त छन् । प्रतिपक्षी दलहरू सत्ताको आगोमा स्वार्थको रोटी सेकाउन नपाउँदा अंगुर अमिलो शैलीको अभिनय गरेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस !