चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर मिडियामा आए जस्तो पार्टी भित्र विवाद नभएको बताउनुभएको छ । आज चितवनको सहिद स्मृति मावि पारस नगरको धनधन्याञ्चल महाज्ञको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटीको बैठकमा कुनै विवाद नभई सौहार्द रुपमा चलीरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो“ असाध्यै राम्रो छलफका साथ अघि बढीरहेको छ, बाहिर मिडियामा थुप्रै तिता मिठा गरि आए पनि बैठकमा भित्र सौहार्द पुर्णरुपमा खुलेर छलफल गरेको छ ।, मलाई लाग्छ हामी त्यो बैठकबाट उचित निष्कर्ष सहित नयाँ अभियान लिएर आउनेछौँ । ”