अनुसन्धानहरुले पुष्टि गरेका छन् सेक्सुअल क्रियाबाट शरीरमा अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनमा वृद्धि हुन्छन् । अक्सिटोसिन तनाव कम गर्न सहायक हुन्छ । यसले उच्च रक्तचाप र हार्ट स्ट्रोकको सम्भावना पनि नियन्त्रण गर्छ । एन्डोर्फिन एक प्राकृतिक पेनकिलर हो, जसले शरीरको पीडा कम गर्छ ।
प्रौढावस्थासँग कयौं समस्या हुन्छ्न, जस्तो कम्मर दुख्ने, जोर्नी दुख्ने आदि । एन्डोर्फिनले यस्ता पीडालाई कम गर्न मद्दत गर्छ ।
अर्को महत्वपूर्ण कुरा । मेनोपज पछि महिलामा गर्भ रहने खतरा हुँदैन । यस्तो अवस्थामा प्रौढहरु गर्भनिरोधकको चिन्ताविना यौन सुख उठाउन सक्छन् ।
शारीरिक लाभका अलावा सेक्स जीवनशैलीमा महत्वपूर्ण भूमिका निभाउछ । सुरक्षित रुपमा सहमतिबाट राखिएको सम्बन्धको नियम जिन्दगीमा अपनाउनुपर्छ । बीबीसीबाट