दाङ : तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँमा सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय गैरागाउँ घोराहीको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीका अनुसार बस दुर्घटनामा ३ जना महिला र १३ जना पुरुषको शव बस अड्किएको स्थानमा फेला परेको छ ।

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ३  बा ४ ख ९७६६ नम्बरको बस सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीका प्रमुख (डिएसपी) प्रेम बहादुर शाही नेतृत्वको टोली र  जिल्ला प्रहरी कार्यालयबाट पनि इन्सपेक्टरको नेतृत्वमा टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस !