चितवन, ७ पुस : इच्छाकामना गाउँपालिका–४ मा आज साँझ टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ना७ख ४६५८ नंको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो । 

टिपर सडकबाट टिपर ३०० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो । टिपर दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !