चितवन । जिल्लाकै कान्छो रेडियोको रुपमा परिचति सामुदायिक रेडियो भरतपुरले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।
तत्कालिन रेडियो नारायणीको कल साईन परिर्वतन गरि विगत एक बर्ष अगाडी स्थापना भएको रेडियो भरतपुर जिल्लामा नै छोटो समयमा लोकप्रिय रेडियो रुपमा समेत आफु स्थापित बन्न सफल भएको छ ।
स्थापनसगैँ पुथक र भिन्न शैलीको समुदायमा आधारीत कार्यक्रम ल्याई रेडियो भरतपुरले आवाज बिहिनीहरु आवाजलाई थप बुलन्ध बनाउदै आएको थियो ।
स्थापनाको एब वर्षकै अवधीमा रेडियो महिला हिंसा न्यूनिकरणसगैँ हिन्दु नारीहरु महान चाड तीज विशेष कार्यक्रम एक महिनासम्म भरतपुर महानगरका हरेक वडा वडामा पुगेर सम्पन्न गरेसगैँ थप लोकप्रिय बन्न सफल समेत भएको थियो ।
रेडियो भरतपुरले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्र्दै आफ्नो बार्षिकोत्सव मनाउन सुरु गरेको थियो ।
वार्षिकोत्सवके अवसरमा रेडियो भरतपुरले चितवनमा लामो समय क्रियाशील भई काम गरेका सौराहा अनलाईनका प्रधानसम्पादक राजेन्द्र आचार्य सहित ३ जना पत्रकार तथा १ जना रेडियोकर्मीलाई सम्मान समेत गरेको छ ।
लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशिल वरिष्ठ पत्रकार ईश्वर जोशीसगैँ प्रधानसम्पादक पत्रकार आचार्य र महिला पत्रकार प्रमिता ढकाल तथा वरिष्ठ रेडियो प्राविधिक विजय गुप्ता सम्मानित गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार र रेडियो भरतपुरक अध्यक्ष तथा प्रबन्ध निर्देशक नविनराज पौडेलले ढोसल्लासहित सम्मानपत्रले सम्मानित गरेका थिए ।
वार्षिकोसवका अवसरमा आयोजित प्रतियोगिताका विजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । रेडियोले आयोजना गरेको भरतपुर आत्मिय साँझ कार्यक्रम अन्र्तगत नेपाल तथा विदेशमा समेत आफ्नो लोक धुन प्रस्तुतिका लागि ख्याति कमाएको कुटुम्ब ब्याण्डले आफ्नो सांगितिक प्रस्तुती दिएको थियो भने विभिन्न विद्यालयका विजयी समूहरुको नृत्य प्रस्तुति समेत रहेको थियो ।
वार्षिकोत्सवको समापन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकारले मोफसलमा रहेर एक वर्ष भित्रमा रेडियो भरतपुरले हासिल गरेको सफलता प्रशंसनीय रहेको बताए ।
आगामी दिनमा रेडियो भरतपुरले जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारण गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
जनप्रतिनिधीहरु, प्रतिष्ठित व्यक्तित्वहरु, विज्ञापनदाता, शुभचिन्तक, व्यवसायीहरु लगायत पाँच सय बढी निम्तालुहरुको सहभागिता रहेको वार्षिकोत्सव समारोहमा प्रदेश सांसद कृष्ण भूर्तेल, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष निर्मलराज पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित,व्यवसायी रुविन रामुदामुले मन्तव्य व्यक्त गर्नुभएको थियो । रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो भरतपुरका कार्यकारी निर्देशक सिपि सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।