
चितवन ०८ पुस । सामाजिक सञ्जाल फेसबुकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालक सुवोध प्रधान तारेकमा छुटेका छन् ।
अगामी दिनमा कोही कसै नागरिक प्रतिसमेत यस्तो किसिमको अभ्रद कार्य नगर्ने ६ बुदेँ आत्मआलोचना गरेसगैँ उनी तारेकम छुटेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।
पटक पटक नेकपा अध्यक्ष ‘प्रचण्ड’ को मानमर्दन हुनेगरी स्टाटस लेखेको उजुरी प्रहरीमा परेपछि पक्राउ परेका प्रधानलाई उनको परिवार नेपाली काग्रेँस चितवनका सभापति जीतनारायण श्रेष्ठको रोहबरमा आत्मआलोचना गरेपछि हरेक दिन तारेक धाउने गरि छाडिएको चितवन प्रहरी जनाएको छ ।
अबका दिनमा यस्ता किसिमको कार्य समाजिक सञ्जालमा लेखेमा कोही /कुनै पनि पार्टीले निजलाई छुटाउन सहयोग नगर्ने, विद्युतीय अपराधमा मुद्दा चलाउन सहयोग गर्ने, फेरि यस्ता कार्य भए त्यहिलाई प्रमाण मान्ने र घुडा टेकेर आत्मआलोचन गरेपछि उनी छुटेका थिए ।
उनलाई चितवन जिल्ला प्रहरी प्रमुख एसपी सुशिलसिहं राठौरको कार्यकक्षमा नै आत्मआलोचना गरेका थिए । सो अवसरमा नेकपा चितवनका यमबहादुर परियार, तेजेन्द्र खड्का, बद्री तिमिल्सीना, नेपाली काग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, नेपाल बार एसोशियसन चितवनका अध्यक्ष कमलराज पाठक र निजका दाजु सुभाष प्रधानको रोहबरमा छोडिएको थियो ।
नेपाली कांंग्रेसका महासमिति सदस्यसमेत रहेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवम् तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । प्रधानयसअघि पनि विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा गाली गर्ने गरेको गुनासाहरु आईरहेका थिए ।