– राजेन्द्र स्थापित –
२६ वर्षको जेलजीवन काटिरहेका क्लार सन् १९९८ मा प्रतिबन्धित माक्र्सवादी छापामार संगठन ‘बादर–मेनहोफ’ उर्फ ‘रेड आर्मी ºय्राक्सन’का वरिष्ठ नेता हुन् । सन् १९७० र ८० को दशकमा युरोपमा लालआतंक मच्चाउन सफल यो समूहका नेता क्लारमाथि पा“च जुनीबराबरको आजीवन काराबास सजायँ दिइएको थियो । नौजनाको हत्या गरेको र थप ११ जनालाई मार्न खोजेको अपराधमा सन् १९८२ मा पक्राउ परेका उनले नौजना मारेको आरोपमा २४ वर्ष जेल बसिसकेका मित्र ब्रिजित मोनहोप्त मार्चमा रिहा भएपछि आपूm पनि छुट्ने आशामा राष्ट्रपतिसमक्ष निवेदन हालेका थिए । यो समूहका अन्य दुईजना अझै जेलमा छन् ।

क्लार फ्राइबर्गमा जन्मेका वामपन्थी हुन् । स्थानीय स्कुलका उपप्रधानाध्यापकका छोरा उनले हाइडलबर्ग विश्वविद्यालयबाट इतिहास र दर्शनशास्त्रमा स्नातक गरेका छन् । सुरुमा सन् १९७३ मा ‘प्रजातान्त्रिक युवा आन्दोलन’को सदस्यता लिएका थिए । पछि आºनी प्रेमिका अदेलहाइड सुल्चस“गै कार्लस्रुहको एउटा ºल्याटमा बस्न गए । सुल्च त्यसबेला साथीहरू गुन्टर सोनेवर्ग र क्नुट फोल्कर्टसस“ग बस्थिन् । उनीहरू तीनैजना त्यतिखेरै ‘रेड आर्मी ºय्राक्सन (आरएएफ)’ मा लागिसकेका थिए ।

सन् १९७४ को शुरुमा क्लार ह्याम्बर्गस्थित एमनेस्टी इन्टरनेशनलको कार्यालयमा काम गर्न थाले । उनी आरएएफ कार्यकर्तालाई सरकारले जेल हालेको विरुद्ध आयोजित ¥यालीमा सहभागी बने र सन् १९७६ मा आरएएफको सदस्य भए । थोरै समयमै संगठनको नेतृत्वमा पुगे । सन् १९८२ मा फ्रेडरिस्चुरमा पक्राउ पर्दा प्रहरीले उनको साथबाट हतियारसमेत बरामद गरेको थियो । मुख्यतः उनलाई सन् १९७७ को अप्रिलमा हत्या गरिएका सिग्फ्रेड बुबाक, जुलाईमा मारिएका जोर्गेन पुन्तो र सेप्टेम्बरमा अपहरित भई ६ हप्तापछि मारिएका प्रख्यात उद्योगपति हान्स मार्टिन स्चलेयरको घटनामा संलग्न भएको पाइएको थियो । त्यस्तै, स्विस सीमारक्षक र मोटरचालकलाई रिहेनमा, संघीय न्यायाधिवक्तालाई उनकै कार्यालयमा मारेको र ज्युरिच बैंक लुट्ने प्रयासमा प्रहरी र अमेरिकी जनरल फ्रेडरिक क्रोयसेनमाथि आरपिजी– ७ एन्टी ट्यांक रकेटसमेत प्रहार गरेको आरोप उनीमाथि लगाइएको थियो ।

यसअघि सन् १९९९ को सेप्टेम्बरमा अस्ट्रियाको भियनामा भएको एक भिडन्तमा प्रहरीको गोलीबाट ‘आरएएफ’कै एक नेता हस्र्ट लुडविग मेएर मारिएका थिए । सो भिडन्तमा अर्की नेतृ एन्ड्रिया मार्टिना क्लुम्प पक्राउ परेकी थिइन् । उनीमाथि त्यहा“को सरकारले डच बैंकका कार्यकारी अधिकृत अल्फ्रेड हर्हाउसेनको हत्या गरेको आरोप लगाएको छ । उनलाई सन् २००४ मा १२ वर्षको कैद सजायँ सुनाइएको थियो । उनीमाथि थप ३२ वटा हत्याप्रकरणमा संलग्न भएको र हंगेरीको बुडापेस्टमा बमप्रहार गरेको अर्को आरोप पनि छ । सन् २००४ को फेबु्रअरीमा सोही संगठनका दुईजना दाजुभाइ पक्राउ परेका थिए । प्रहरीका अनुसार त्यसमध्येका माउरिजियो हुलाकी र अर्को फाबियो मिस्सिडो पिसामा कर्मचारीको रूपमा कार्यरत थिए । सोही महिनामा जर्मनीमा अर्का दुईजना पक्राउ परे । दुवैजना ५८ वर्षका थिए । उनीहरू सन् १९७६ मा अपहरण गरी युगान्डाको एन्टेबे विमानस्थल पु¥याइएको इजरायली विमान अपहरणकाण्डमा संलग्न रहेको आशंका गरिएको छ ।

आरएएफ उर्फ बादर–मेनहोफकी प्रमुख नेतृ उल्रिके मेनहोफको मस्तिष्क सन् २००२ को नोभेम्बरमा उनको बा“की शरीर गाडिएकै चिहानमा गाडिएको थियो । मेनहोफकी जुम्ल्याहा छोरीले वर्षौंसम्मको अदालती लडाइ“पछि बल्ल आºनी आमाको मस्तिष्क प्राप्त गर्ने अधिकार अदालतबाट पाएकी थिइन् । सन् १९७२ मा पक्राउ परेपछि सन् १९७६ मै जेलभित्रै आत्महत्या गरेकी भनिएकी उनको शरीरबाट मस्तिष्क झिकिएको थियो । बा“की शरीर भने सोहीबेला जमिनमा गाडिएको हो । जर्मन सरकारको आग्रहमा त्यहा“को प्रयोगशालामा सो मस्तिष्कको सूक्ष्म परीक्षण गर्न थालिएको थियो ।

सन् १९६० मा मस्तिष्कमा मासुको डल्लो पलाएपछि शल्यक्रिया गरिएको थियो । जर्मन सरकारलाई शंका थियो– शल्यक्रियामा भएको गड्बडीकै कारण मेनहोफ ‘आतंककारी’ बनेकी हुन् । ४२ वर्षीया मेनहोफको मस्तिष्क अध्ययनार्थ माग्डेवर्गस्थित विश्वविद्यालयलाई दिइएको थियो । मस्तिष्कको अध्ययन मनोरोग विशेषज्ञ डा. बर्नहार्ड बोर्गेटले गरेका थिए । अध्ययनपछि पनि निकै लामो समयसम्म मस्तिष्कलाई एउटा ‘जार’मा राखिएको थियो । अध्ययनले मेनहोफ मस्तिष्कमा आएको गडबडीकै कारण आतंकवादी बन्न पुगेको निश्कर्ष निकालेको थियो । उल्रिके मेनहोफलाई वामपन्थी संगठनभित्रको सबैभन्दा बुद्धिजीवी नेता मानिन्थ्यो ।

शुरुमा वामपन्थी पत्रिका ‘कोन्क्रेट’बाट पत्रकारिता थालेकी उनले जेलमा गरेको आत्महत्यालाई लिएर चलचित्र बनिसकेको छ । जसमा एन्ड्रियास बादरको भूमिका कलाकार मोरित्ज ब्लाइब्ट्रेउ र उल्रिके मेनहोफको भूमिका मार्टिना गेडेकले निभाएका छन् । चलचित्र जर्मनीमा प्रदर्शन गरिएको थियो भने बेलायतमा नोभेम्बरमा देखाइसकिएको छ । स्मरणीय छ, बादर–मेनहोफकै एक नेता जोस्चका फिसर पछि जर्मनीको विदेशमन्त्रीसमेत बनेका थिए । उनी ग्रिन पार्टीको तर्फबाट गठबन्धन सरकारमा गएका हुन् । मन्त्री नियुक्त भएपछि छापामार युद्धकालमा लिइएको उनको फोटो पत्रपत्रिकाले सार्वजनिक गर्दा ठूलै तहल्का मच्चिएको थियो । पूर्वमाक्र्सवादी विद्वान् फिसरले हेल्मेटले प्रहरीलाई पिट्दै गरेको फोटो थियो त्यो । त्यसबेला फ्रान्कफर्ट विश्वविद्यालयमा माक्र्सवाद पढाउ“थे ।
शहरी छापामार युद्ध लड्ने अभिप्रायले यो संगठन सन् १९७० मा माक्र्सवादी एन्ड्रियास बादर, उल्रिके मेनहोफ, गुड्रुन इन्सलिन, हस्र्ट माहलर, इमग्राड मोलरलगायतले स्थापना गरेका हुन् । छापामार युद्धको रणनीतिकार उल्रिके मेनहोफ थिइन् । सन् १९६० को दशकमा भियतनाम युद्धको विरोध र औद्योगिक तथा पु“जीवादी मुलुकले ल्याएको सामाजिक उथल–पुथलप्रति युवा तथा मजदुरवर्गले असन्तोष व्यक्त गर्ने काम नै यो संगठन निर्माणको पूर्वाधार बन्न पुगेको थियो । शुरुमा यो समूहले रंगभेद, महिला अधिकार र साम्राज्यवादको विरोध गथ्र्यो । त्यसबेला जर्मन कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो । निर्वाचनपछि बनेको सरकारको नेतृत्व नाजी पार्टीका पूर्वसदस्य कुर्त जर्ज किसिन्जरले गरिसकेका थिए । जर्मन पूर्णतः अमेरिकी नेतृत्वमा गठित संगठन ‘नेटो’को पछि लागिसकेको थियो । यसैको सेरोफेरोमा प“ुजीवादी समाजप्रति असन्तुष्ट युवाले ‘आरएएफ’लाई जन्माएका हुन् ।

संगठनका प्रमुख नेता एन्ड्रियास बादर र उनकी प्रेमिका गुड्रुन इन्सलिन मिलेर सन् १९६८ मै फ्रान्कफर्टको एउटा डिपार्टमेन्टल स्टोरमा बम हानेका थिए । उनी त्यसैबेला पक्राउ परे तर, सन् १९६९ मा जेलबाट भाग्न सफल भए । १९७० मा पुनः पक्राउ परे । थुनाकै क्रममा सन् १९७० को मेमा पुस्तकालय गए । प्रहरीले दुवै हातमा हत्कडी लगाएको थियो । त्यहा“ उल्रिके मेनहोफ आºना दुई सहयोगीको साथ पत्रकार भएर प्रवेश गरिन् । बादरलाई झ्यालबाट हाम्फालेर भगाइन् र मध्यपूर्व पठाइन् । जोर्डनमा उनले ‘फतह’को सैन्य क्याम्पमा छापामारको तालिम लिए । जर्मनी फर्केपछि साथीहरूस“ग मिलेर शहरी छापामार युद्ध सञ्चालन गरे । धेरैको अपहरण गरे । बैंक लुटे । करिब ३४ जनालाई मारे । विमान अपहरणमा संलग्न भए । स्विडेनको राजधानी स्टकहोमस्थित जर्मन दूतावास कब्जामा लिए । सन् १९७२ मा पुनः पक्राउ परे । उनको हत्या सन् १९७७ को अक्टोबर १८ मा जेलभित्रै भयो ।

बादर र मेनहोफबाहेकका अन्य प्रमुख नेताहरू थिए– हस्र्ट माहलर र इमग्राड मोलर । पोल्यान्डमा जन्मेका हस्र्ट वकिल थिए । पहिला जर्मनीको सामाजिक जनवादी पार्टीको सदस्यता लिएका थिए । बादर–मेनहोफमा लागेपछि पक्राउ परेका उनको रिहाइ अपहरणमा परेका पिटर लोरेन्जको बदलामा गर्ने भनिएको थियो । तर, उनले मानेनन् र १० वर्षसम्म जेलमै बिताए । उनको मुद्दाको वकालत अदालतमा पछि जर्मनीका प्रधानमन्त्री बनेका गेर्हार्ड स्रोडरले लडेका थिए । स्रोडरकै सहयोगमा उनले सन् १९८८ देखि पुनः वकालती पेशा अपनाउन थालेका हुन् । पछि दक्षिणपन्थी पार्टी ‘नेशनल डेमोक्रेटिक पार्टी’मा लागे ।

बादर–मेनहोफको गतिविधि सन् १९७७ पछि प्रायः बन्दै भयो । संगठित रूपमा नभए पनि फाट्टफुट्ट युरोपका विभिन्न सहरमा सन् १९९० सम्म गतिविधि भने सञ्चालन भई नै रह्यो । बादरबाहेक यो संगठनका नेताहरू गुड्रुन इन्सलिन र जान कार्ल रास्पलाई पनि जेलभित्रै गोली हानेर मारिएको थियो । संगठनकी अर्की नेतृ इमग्राड मोलर सन् १९९४ मा स्वास्थ्य स्थितिलाई मध्यनजर राख्दै रिहा भएकी छन् । ह्यामवर्गमा बस्छिन् । आरएएफ अथवा बादर–मेनहोफको झण्डामा एउटा ठूलो रातो तारा र एमपी– ५ बन्दुक राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !