सौराहा १२ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा आज विहीवार भिमकाय हात्तीलाई वनभोज खुवाइदै छ । क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको चितवन हात्ती महोत्सवको दोश्रो दिन आज हात्तीलाई बनभोज खुवाउन लागिएको हो ।

वनभोज अन्र्तगत निकुञ्ज र सौराहामा निजी स्तरमा पालेका करिव १०० वटा हात्तीलाई उखु,फलफुल,तरकारी लगायतका पोष्टिक आहार खुवाइने संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । आज महोत्सवका अन्य कार्यक्रम हुने छैनन ।

महोत्सव अन्र्तगत भोली शुक्रवार हात्ती फाष्ट वाकका वाकी चरण सहित हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता,हात्ती पोलो,हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका प्रथम उपाध्यक्ष तथा प्रबक्ता दीपक भट्टराईले बताए । हात्ती फाष्टवाकमा १५,पोलोमा ४ टिम,फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता छन ।

प्रतिक्रिया दिनुहोस !