
चितवन । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधी विजुलीकलीले जितेकी छिन् ।
प्रतिस्पर्धा सहभागी अन्य ३ वटा हात्तीलाई पछि पार्दै १८ वर्षिया विजुलीकलीले उपाधी जितेकी हुन् । सुन्दरीको होडमा चम्पाकली, एलिसाकली र सेल्फीकली थिए ।
हात्तीको सरसफाई, श्रृगार, हिडाई, घाउ भए नभएको, हात्ती र माउतेको व्यवाहार आदिमा मुल्यांकन गरी प्रतिस्पर्धा गराईएकोमा मुल्यांकनबाट विजुलीकली उत्कृष्ठ घोषित भएको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।
हात्ती फास्टवाकबाट ६ वटा हात्ती फाईनलमा प्रवेश गरेका छन् । सेमीफाईनलमा सहभागीता १२ हात्ती मध्ये विजुलीकली, वम्वोजकली, अनारकली, समृद्धीकली, लक्कीकली र आशाकली फाईनलमा प्रवेश गरेका रेग्मीले वताए ।
त्यस्तै हात्ती पोलोमा शनिवारको खेल जित्दै होटल सेभेन स्टार फाईनलमा प्रवेश गरेको महोत्सवका प्रवक्ता दिपक भट्टराईले जानकारी दिए ।
एनआरएनए हङकङलाई १ शुन्य गोल अन्तरले पराजीत गर्दै सेभेर स्टार फाईनलमा पुगेको हो ।
निर्धारित समयसम्म ३, ३ गोलको वरावरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार १ शुन्यले विजयी भएको प्रवक्ता भट्टराईले वताए ।
हात्तीका छावाहरुबीचको फुटवल खेलमा सिजी फुड्स विजयी भएको छ ।
सिजीले कोकाकोलालाई पराजीत गर्दै फाईनलमा पुग्न सफल भयो । समाज, संरक्षण र समृद्धी नारासहित यही पुष ११ गतेदेखी सुरु भएको हात्ती महोत्सव आईतवार आज सकिदैछ ।
प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिने कार्यक्रम तय भएको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।