– टंक कुवर –
धनगढी– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले पनि मृत्युदावी अन्तर्गत एक कार्यक्रमको आयोजना गरी मृतकका आफन्तलाई ३४ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । रु २५ लाख रुपैयाँको बीमा गरेर ६ किस्तावाफत रु १३ लाख ८० हजार रुपैयाँ तिरेर कम्पनीको नियमअनुसार ३० प्रतिशत बोनस सुविधा प्राप्त गरेका धनगढी उपमहानगरपालिका–१३ राजपुरका शेरबहादुर कुँवरको असामयिक निधन भएपछि मृत्युदावी अन्तर्गत कम्पनीले उनकी धर्मपत्नी कमलादेवी कुँवरलाई ३४ लाख तीसहजार रुपैयाँ चेक हस्तान्तरण गरेको कम्पनीका धनगढी शाखा प्रवन्धक शैलेशकुमार श्रेष्ठले बताए । चेक हस्तान्तरण प्रवन्धक श्रेष्ठ र एजेन्सी म्यानेजर मदन भट्ट र मिनबहादुर कुँवरले स्वीर्गीय कुँवरकी धर्मपत्नी कमलादेवी कुँवरलाई गरिएको थियो । मृतक कुँवरको वार्षिक किस्ता दुईलाख ३० पर्ने गरेको थियो । उनले ६ किस्ता बुझाएर ६ किस्ता तिर्न बाँकी रहेका बेला उनको असामयिक निदन भएको थियो ।

त्यस्तै सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी धनगढी शाखाले मृत्युदावी भुक्तानी अन्तर्गत मृतृकका आफन्तलाई १० लाख २६ हजारको चेक हस्तान्तरण गरेको छ । बीमित स्वर्गीय दिनेश कुँवरले ४० हजार १८ रुपैयाँ वार्षिक बीमा शुल्क भुक्तानी गरी ५ लाख १३ हजार रुपैयाँको बीमा गराएका थिए । पहिलो किस्ता बुझाएका कुँवरको २३ दिनमै दुर्घटनामा परी मृत्यु भएपछि सन नेपाललाईफ इन्स्योरेन्स कम्पनी धनगढी शाखाले धनगढीमा बीमा जागरण अभियान कार्यक्रमको आयोजना गरी मृतकका धर्मपत्नी लक्ष्मी कार्कीलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरिएको धनगढी शाखा प्रवन्धक लक्ष्मीकान्त जैसीले बताए । उक्त कार्यक्रममा सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) तथा कम्पनीका महाप्रवन्धक कमलराज गौमम सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस !