काठमाडौँ, १६ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम डा अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा डा शाक्यलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
––– 

प्रतिक्रिया दिनुहोस !