
- टंक कुँवर –
धनगढी । यही पौष २८ गते हुन गइरहेको कैलाली उद्योग बाणिज्य संघको निर्वाचनमा रुपेश स्वारले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वारले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी कैलाली उद्योग बाणिज्य संघका महासचिव हुन् ।
स्वाँरको प्यानलबाट उद्योगतर्फ उपाध्यक्ष गजराज पाण्डेय, बाणिज्यतर्फ उपाध्यक्ष टेकबहादुर खड्का, बस्तुगत तर्फका उपाध्यक्ष अनिलकुमार भुजनिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा (अबु), सचिवमा सुजित शर्मा रहेका छन् ।
त्यसै गरी सदस्यमा क्रमश रबी कुवँर, तिलक बोहरा, भक्त थापा, शीव सोप, श्याम जोशी(राज), सुर्योधन सुर्वणकार, बसन्त भट्ट, रुपेश खड्का, सीता भट्टराई रहेका छन् भने दुई जना सदस्यको नाम पछि सार्बजनिक गरिने भएको छ ।
- पत्रकार सम्मेलनमा शुभकामना मन्तव्य दिँदै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटीले स्वाँरको प्यानललाई अग्रिम शुभकामना दिँदै संस्थालाई मजबुद बनाउन र व्यावसायिक हकहितका लागि स्वाँर प्यानललाई मत दिएर विजयी गराउन व्यासायिहरुलाई अनुरोध गरे ।
पुस २८ गते हुन गइरहेको उद्योग बाणिज्य संघको निर्बाचनमा तीन जना प्रतिस्पर्धी रहेका छन् । अर्का प्यानलबाट कैलाली उद्योग बाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुवँर अध्यक्षका प्रतिस्पर्धी देखिएका छन् तेस्रो प्यानलबाट संघका सदस्य डिल्लीराज अवस्थी देखिएका छन् ।