विराटनगर, पुस : सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राट्रिय खेलकूद परिषद् र मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म विराटनगरस्थित शहीद रङ्गशालाको कवर्ड हलमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका सचिव लवभक्त श्रेष्ठद्वारा उक्त प्रतियोगितामा नेपालसहित मलेशिया, भारत बङ्गलादेश, म्यान्माका गरी ९० जना अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने जानकारी दिइएको छ ।
प्रतियोगितामा १५ वर्ष मुनिका एकल पुरुष, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष जोडी र १९ वर्ष मुनिका महिला जोडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियागितामा विजयीलाई रु दुई लाख ५० हजारको पुरस्कार प्रदान गरिने सङ्घका जिल्ला अध्यक्ष कौरव बस्नेतले जानकारी दिनुभयो ।
नेपालमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय उत्कृष्ट खेलाडीको सहभागितामा हुने सो आमन्त्रण प्रतियोगिता बिहान र साँझ गरी दुई चरणमा हुने र कभर्ड हलमा २०० दर्शक बस्न मिल्ने बाँसको प्याराफिट बनाउन लागिएको सङ्घले जनाएको छ ।