- संकेत कोइराला -
जनताको हालखबर सुन्न हतारिएका राजा एक्कासी आफन्तीको घर पुगेर सोध्न थाले–
‘तेरो कति जग्गा छ मलाई देखा ?’
आफन्तीले जवाफ दियो– ‘मेरो सम्पूर्ण जग्गा साहुको कब्जामा छ ।’
तेरो अन्नको भण्डार कहाँ छ नि ? त्यो पनि सवै हजुरकै दरबारमा पुगिसकेको छ । अनि तेरो घरको छानो खोइ ? त्यो पनि साहुले लग्यो । तेरो घरको फर्निचर ? हजुरकै हाकिमले उठाएर लग्यो । तेरो छोरा कहाँ छ नि ? सरकारी कर्मचारीको अत्याचारले म¥यो । अनि तेरी स्वास्नी खोइ ? हजुरले देखेमा मन पराइबक्सेला भन्ने डरले त्यो भर्खर लुक्न गई । आफन्ती तेरा प्रत्येक संवाद भूmठा हुन् । मसंग यसरी भूmठो बोल्ने साहस कसरी गरिस् ? अन्त्यमा आफन्तीले हिम्मत जुटाएर बिन्ती ग¥यो– ‘सरकार ! यी सवै कुरा सही र सत्य हुन् । यदि मैले भूmठो बोलेको भए, हजुरलाई यसरी रिस उठ्ने नै थिएन ।’
राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोराहरुलाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए– रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रसंग निकट थियो । दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम युवराजहरुको प्रकृतिकै राख्नु संयोग मात्र मान्न सकिदैन । गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए । सैनिक पृष्ठभूमिको यो परिवारको पुस्तौनी सपना पूरा गर्ने अभिभारा लिएका राजेन्द्रबहादुर सेनाको मुखियाबाट भर्खरै निवृत्त भएका छन् । राजा महेन्द्रले छोरालाई मात्र हैन, छोरीहरुलाई आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलन विधिवत विजारोपण गरे ।
राजाका हरेक कर्म लालमोहरसरह हुने गथ्र्यो । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन । चिनेको र किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन् । खरदार कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भएपछि कोइराला परिवारका अर्को पुस्ता व्याज असुल्न मस्त छ । योग्यता, क्षमता, योगदानभन्दा पनि पिता पुर्खाको प्रसादको हक खोज्न युवराज पुस्ता लालायित छ । नामको आरम्भ एउटा अक्षर भएका शेखर, सशांक र शेखरमा काँग्रेसको लालपुर्जा आपूmसंग रहेको दम्भ छ । यसको प्रकोपले सिंगो नेपालको राजनीति, प्रशासन, न्यायालयदेखि फौजीसम्म गाँजेको छ ।
कोइराला परिवारको सान, शौकत देखेपछि उनैका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो । फलस्वरुप दुइ भाइ विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए । अर्का भाइ बैजनाथ उपाध्यायलाई सर्वोच्चकोसर्वोच्च न्यायालयको कमाण्डर बनाउने डिजाइनमा धक्का लाग्यो । फलस्वरुप उनको निधारमा प्रधानन्यायाधीश भएर इतिहास निर्माण गर्ने भाग्य छलियो । सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए । राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए । उनको इतिहास यति सकसपूर्ण थियो कि बा¥हमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो । अरु त अरु नेपालको सवैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् । पात्र फेरिए पनि आफन्तीले भोगेको नियति सक्कल बम्मोजिम नक्कल उस्तै छ ।
एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।
पछिल्लो समय हेर्ने हो भने ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत टे«ेड युनियनका नाममा, २५ प्रतिशत तर्दथवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आपैंm अनुमान लगाउन सक्नुहुन्छ ।
संघीय गणतन्त्र त झन् राशी मिलेर शक्ति र सत्तामा पुगेका नेताहरुका लागि खुँदो सावित भएको छ । संघीय गणतन्त्रले के दियो ? खाडी जान र घरैमा उद्यम गर्न नसकेर बरालिएकालाई राजनीतिको फेरो समाएका भरमा जागिर दिएको छ । नेताका हरुवा, चरुवा सत्ता र शक्तिका उपभोक्ता भएका छन् । केपी ओली, प्रचण्ड, शेरबहादुरहरुले रुचाएका मानिस देशका सर्वोच्च ठाउँमा आरुढ छन् । यिनीहरुको नाताभित्र पर्नु भनेको स्वयं सिद्ध देशको सारथी हुन योग्यता प्राप्त गर्नु हो । यिनले गर्ने कुकृत्यको विरोध गर्नु चाहिँ संघीय गणतन्त्र विरोधी हो । समकालिन नेताहरुमा साद्गी जीवन विताउने भनिएका सुशील कोइरालाको परिचय समेत सरकार र पार्टी दुवैमा लौरो न हतियार बन्न पुग्यो । इमान्दार संस्थागत मूल्य लिएन भने त्यस्तो इमानको पनि काम छैन् ।
राष्ट्रियताको सवालमा राजा र आफ्नो घाँटी जोडिएको भनेर राजनीतिमा ढुंगाको अक्षर बनाउन सक्ने बीपी क्षमताको भद्दा नक्कल गर्न खोज्दा अहिलेका पाङ्दुरे कांग्रेसहरु घरमै जन्मिएको नातिका अगाडि मुख देखाउन सम्म योग्य भएनन् । कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि बोतलको समावेशी झोलसमेत अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ? नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पु¥याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो ।
भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । पूmलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा पैmसला सम्बन्ध विच्छेदका छन् ।
गणतन्त्रपछि त राजनीतिक दुश्चक्र साँच्चै कहालिलाग्दो छ । देशका कार्यकारी पद नेताका हुक्के, ढोके, चम्चेलाई जागिर लगाउने ठाउँ भएका छन् । एसएलसी गान्धी डिभिजनमा पास हुन नसकेर प्राथमिक विद्यालयको शिक्षकसम्म हुने हुति नभएकाहरु नेताहरुको झोला बोकेको र ढुंगा हानेको ज्याला स्वरुप शिक्षामन्त्री भएका छन् । पुलिसको सिपाहीमा फालिएकाहरु गृहमन्त्री भएर टप्किएका छन् । संसदजस्तो गरिमामय ठाउँलाई रणमैदान बनाउने ‘बुल फाइटरहरु’लाई छानी छानी मन्त्री बनाइएको छ । सेना समायोजनमा कर्नेल नपत्याइएका नन्दकिशोर देशको दोस्रो भीभीआईपी छन् । माओवादी नेताका पति पत्नी पालो गरी गरी मन्त्री भएका छन् । मानौं मन्त्री पद बच्चालाई फकाउने चिची पापा जत्तिक्कै सस्तो हो । जात, धर्म, लिंग कसैले निवेदन दिएर पाएको बस्तु होइन । त्यो प्रारब्ध हो । आफ्नो लगानी विनाको वस्तुमा गौरव गर्नु पाखण्ड हो । तर मुलुकको अनुहार झल्किने त्यो ठाउँमा योग्य मानिस हैन, महिला, जनजाति, मधेशी, अपाङ्ग पु¥याएकोमा गौरव गरिरहेका छौं ।
१९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरेर फेसबुकमा भारतलाई धम्क्याइरहेका छौं । यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै एक खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसंग थोरै नेपाली परिचित छन् । जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं । कांग्रेस, एमाले, माओवादी, जस्ले जतिसुकै पूmटानी लाएपनि देशको सक्कली अनुहार जीडीपी ग्रोथले देखाउने हो । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ । यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ ।
अलेक्जेण्डर ग्राहम बेलकी पत्नी कान नसुन्ने थिइन । आफ्नी पत्नीलाई कान सुन्ने बनाउन उनले यन्त्रको आविष्कार गर्न भगिरथ प्रयास गरे । पत्नीको कान खुलाउन त सकेनन बरु उनले टेलिफोनको आविष्कार गरेर विश्वमा चर्चा बटुले । स्कटल्याण्डमा जन्मिएका उनको क्यानाडामा मृत्यु भयो । उनको मृत्यु हुँदा विश्वका अधिकांश ठाउँमा एक मिनेट टेलिफोन सेवा बन्द गरिएको थियो । आफन्तका लागि काम गर्दा यसरी सम्पूर्ण मानव सेवा गर्न सकियो भने त्यसले दिने आनन्दबाट मुक्तिको बाटो आपैंm खुल्छ । देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहो¥याउनु चाहिँ अक्षम्य अपराध हो ।
अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाईट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आपूmबाहेक सवै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नविर्सौ देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । उत्साह विना संसारमा कहाँ पो विकास भएको छ र ?