हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । अधिकतम मानिसहरू सेक्सको आनन्द लिने गर्दछन् । तरपनि सबैले आ-आफ्नो तरिकाले सेक्सप्रति विचार राख्दछन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण कार्य हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार ल्याउँछ । नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहने बताइन्छ । यसकारण नियमित सेक्स गर्दा हुनसक्ने यी ५ फाइदाहरू यसप्रकार छन्ः

१-रोग प्रतिरोधक क्षमता बढाउँछ

एक सोधका अनुसार, नियमित सेक्स एन्टीबोडी गुणको स्तर बढाउँछ, जसले शरीरको भित्र रहेको रोगाणु र भाइरस सँग लड्न मद्दत गर्छ ।

२-तनाव कम गर्छ

सेक्सले मनको तनाव कम गर्छ कनकि यसले मनमा शान्ति मिल्छ । जो जोडी हरेक सप्ताह सेक्स गर्छन्, उनीहरूमा तनावको लक्षण कम सेक्स गर्नेको तुलनामा कम हुन्छ ।

३-रक्तप्रवाह बढाउँछ

यौन सम्पर्क गर्दा मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत शरीरको अंगहरू तथा कोषहरुमा सञ्चार हुन पाउँछ । साथै यस क्रममा शरीरमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।

४-राम्रो निन्द्रा लाग्छ

सेक्स तनावलाई कम गर्न र शरीर एवम मनलाई आराम दिन निकै मद्दत गर्छ । सेक्सका बेला आनन्दको महसूस हुनुको साथै थकान पनि लाग्छ । यसकारण सेक्स गरिसकेपछि तुरुन्तै निन्द्रा लाग्छ ।

५-सेक्सले ब्लड प्रेशर कम गर्छ

एक अनुसन्धानका अनुसार सेक्स र ब्लड प्रेशरको एक-आपसमा सम्बन्ध हुन्छ । सेक्स तपाईको ब्लड प्रेसरलाई सन्तुलित गर्नमा महत्वपूर्ण भूमिका निभाउँछ ।

प्रतिक्रिया दिनुहोस !