जाजरकोट, २२ पुस : जाजरकोट खलङ्गाबाट दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित नलगाड नगरपालिका – ५ कालीमाटीका २५ वर्षीय गणेश सुनार र अर्का २५ वर्षीय युवराज विकलाई प्रहरीले पक्राउ गरेको छ । 
प्रतिबन्धित रातो हाब्रेको छाला बिक्री गर्ने तयारीमा रहेका उनीहरुलाई होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रवीन्द्रबहादुर सिंहले बताउनुभयो । 

छालाको तस्करीमा मुख्य भूमिकमा खेल्ने डोल्पा घर भएका दिपक भनिनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई जनालाई पक्राउ भएकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु रातो हाब्रेको बासस्थान रहेको बारेकोट र कुसे गाउँपालिकाबाट तस्करले छालाको चोरी निकासी गर्ने गरेको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस !