चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्रिशूलीमा खसेका थिए । रातभर खोजी गर्दा पनि कुशवाहालाई नभेटिएपछि बसका यात्रुले चितवन प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले आज दिउँसो साढे १२ बजे कुशवाहाको शव त्रिशूली किनारमा फेला पारेको छ । उनको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !