
कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्दछन् । सामान्य लाग्ने यस्तो लापरबाहिले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ । थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दुख्ने हुन सक्छ। कतिपय महिलाहरुले जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन् । तर , यसले गर्दा काधँ दुख्ने , हातको पाता र गर्दनमा पनि दुख्ने गर्छ ।
समस्या :
– ब्राले महिलाको स्तनलाई छातिमै रहन सहयोग गर्छ् । तर , धेरै कसिएको ब्रा लगाउँदा यसले छातिमा सहज तरिकाले रगत सञ्चालन हुन दिदैँन । यसले टाउकोसँग सम्बन्धित गम्भिर रोग पनि लाग्न सक्छ ।
– लामो समयसम्म कसिँएको ब्रा पहिरिदा काधँमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काधँमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ ।
– नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नुको साटो गर्दनमा दुखाई बढेन जान्छ र ढाडमा बढि दबाब पर्छ । यसले र गर्दनमा जाने रगतलाई रोकिदीन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।
– कहिलेकाहि नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको , छाति र ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहि श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाईन्छ ।
– गलत साईजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाईने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणालि सहज नहुद पेटमा असर गर्दछ ।
– कहिलेकाहि हात या गर्दनमा हल्का सुईले घोचेको जस्तो दुखाई पनि हुनसक्छ । यो समस्या गम्भिर हुनसक्छ ।
यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु हो ।
– एउटा सोधले यस्तो बताएको छ कि महिलाको छातिसँग जोडिएको दुखाई प्रायस गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ । यसको कारण अर्को पनि देखिएको छ । जुन बसाईको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।