गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सत्तरी वर्ष पछिको यो राजनीतिक स्थायित्वको वातावरण राष्ट्रिय सहमतिका कारण सम्भव भएको बताउनु भएको छ ।

आज अपरान्ह गोरखाको आरुघाटमा दोस्रो आरुघाट महोत्वसको उद्घाटन गर्दै उहाँकाले भन्नुभयो, “हामीले शान्ति प्रक्रिया टुङ्ग्याएर विश्वमा नयाँ सन्देश दिएका छौं, यद्दपी केही बाँकी छन्, आपसी सहमति र छलफल गरेर यो पनि टुङ्ग्याउने छौं ।”

अध्यक्षले वर्तमान संविधानलाई इतिहासकै अब्बल संविधानको संज्ञा दिँदै संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका बिषय मौलिक हकका रुपमा समावेश राष्ट्रिय सहमतिबाट सम्भव भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले अबको एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा पनि राष्ट्रिय सहमति गरेर नै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

“हामी आफ्ना इतिहासलाई र कामहरुको समिक्षा गर्दै सच्याउन प्रतिवद्ध रहेको छ, हामी सबै मिलेर यो देशलाई समृद्धि तिर लैजानुपर्दछ,” उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले विकास, समृद्धि र निर्माणको निम्ति दुई तिहाई सरकारको यस्तो ऐतिहासिक अवसर कमै मिल्ने गरेको बताउनुभयो ।

बुढी गण्डकी परियोजनाका लागि आरुघाटका जनताले पुर्याएको योगदानप्रति उहाँले धन्यवाद पनि दिनुभयो । आरुघाटमा आफ्नो उर्जाशील समय बिताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपले देश र जनताको पक्षमा आफूलाई समाहित गर्ने संकल्प सहित निर्णय लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !