काठमाडौं । पहिला–पहिला ‘लोग्ने स्वास्नीको झगडा–परालको आगो’ भनिन्थ्यो । तर, अचेल तन्नेरी पुस्ताका ‘लोग्ने–स्वास्नीको झगडाचाहि “ मूढाको आगो बन्न’ थालेको छ । पहिला ह्वार्र बलेर एकै क्षणमा सामसुम हुन्थ्यो । अचेलका झगडाचाहि“ अदालत पुगी पारपाचुकेमा परिणत हुने क्रम डरलाग्दो बन्दै गएको छ । काठमाडौं जिल्ला अदालतमा १९ देखि २५ वर्ष उमेर समूहका तन्नेरी दिनमै १० देखि १२ जनासम्म डिभोर्सको अनुमति पाऊ“ भन्दै धाइरहेका छन् ।
भदौ १ गतेदेखि पुरानो कानुनलाई विस्थापित गर्दै आएको नया“ मुलुकी देवानी संहिताले पुरुषलाई समेत महिलासरह सम्बन्धविच्छेदको बाटो रोज्ने अधिकार छ । यो ऐन कार्यान्वयनमा आएकै महिना ९६ पुरुष बबरमहलस्थित जिल्ला अदालत पुगेका थिए । अदालतको कात्तिक २५ गतेसम्मको तथ्यांकअनुसार तीन महिना पूरा नहु“दै १ सय ८८ पुरुषले सम्बन्धविच्छेदको निवेदन हालेका छन् । यस बीचमा ३ सय ७२ महिलाले श्रीमान्स“ग छुट्टीभिन्न हुन चाहेका छन् ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार भदौमा केटाबाट ९६ वटा सम्बन्धविच्छेदका निवेदन दर्ज भएका छन् । असोजमा ३९ जनाले सम्बन्धविच्छेदको लागि निवेदन दिएकोमा कात्तिक २५ सम्म केटाको तर्फबाट ५३ वटा निवेदन दर्ता भएको छ । कसैले श्रीमती घरमा नबसेको कारण देखाएका छन् भने महिलालेचाहि“ खान–लाउन नदिएको, शारीरिक र मानसिक यातना पाएको जिकिर लिएका छन् ।
५ वर्षअघि २१ सयले सम्बन्धविच्छेदको बाटो रोजेका थिए । त्यसयता वार्षिक त्यो संख्या झण्डै १४ सयले बढेको छ । अदालतका अनुसार ०७०÷७१ मा सम्बन्धविच्छेदका लागि २१ सय ८ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ०७१÷७२ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ८४ जना थपिएर कूल २२ सय ५६ ले पारपाचुकेको बाटो रोजेका छन् ।
यस्तै, ०७२÷७३ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ९५श्रीमान्÷श्रीमतीले छुट्टीभिन्न हुन चाहेका छन् । त्यो वर्ष २४ सय ५१ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा परेको छ । उक्त आर्थिक वर्षको भन्दा ४४४ वटा मुद्दा थपिएर ०७३÷७४ मा २ हजार ८ सय ९४ ले डिभोर्सको बाटो रोजेका छन् । अघिल्लो आर्थिक वर्ष सम्बन्धविच्छेदको बाटो खोज्नेको संख्या ३५ सय २ थियो । साउनदेखि कात्तिक २५ सम्ममात्र ४ सय ६३ जनाले सम्बन्धविच्छेदका लागि अदालतलाई गुहारेका छन् ।